• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » लेवान्डोस्कीको दुई गोलमा बार्सिलोना हारबाट जोगियो

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोना हारबाट जोगियो

13/10/2022

पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोलमा क्याटलान क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ ।

बार्सिलोनाले घरेलु मैदानमा शुरुवाती अग्रता लिनका बावजुत खेलमा दुईपटक पछि पर्दा इटालियन क्लब इन्टर मिलानसँग ३–३ गोलको बराबरी खेलेको हो ।

नोउ क्याम्पमा बुधबार राति भएको खेलमा इन्टरविरुद्ध घरेलु टोलीका लेवान्डोस्कीले दुई तथा औसमाने डेम्वेलेले एक गोल गरे । इन्टरका निकोलो बरेल्ला, लोउटारो मार्टिनेज र रोविन गोसेन्सले गोल गरे ।

‘गर या मर’ को स्थिति रहेको यस खेलमा जित निकाल्न नसक्दा बार्सिलोनामाथि दवाव यथावत छ । अन्तिम समयमा लेवान्डोस्कीले गोल गर्दै इन्टरलाई रोक्न सफल भएपछि बार्सिलोनाको प्रि–क्वाटरफाइनलमा पुग्ने सम्भावना झिनो रहेको छ ।

टोलीलाई नकआउट चरण प्रवेश गर्न अब बाँकी रहेको दुवै खेलमा जित आवश्यक छ तर, समुह चरणको पाँचौ खेलमा इन्टरले भिक्टोरिया प्लेजेनलाई हराएमा बार्सिलोना समूह चरणबाट बाहिरिदै युरोपा लिगमा धकेलिनेछ । बार्सिलोनाले आफ्नो दुवै खेलमा जित र इन्टरले आफ्नो दुवै खेलमा अंक गुमाउनुपर्नेछ ।

प्रतिक्षित खेलको ४०औं मिनेटमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । सर्जी रोबर्टाेको क्रस पासलाई डेम्वेलेले वान टचमै बललाई जाली चुमाएका थिए ।

५०औं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इन्टरलाई खेलमा फर्काए । एलेसान्द्रो बास्टोनीको पासमा उनले सानदार फिनिसिङको नमुना पेश गरेका थिए । ६३औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा २–१ ले अघि बढाए ।
हकान चलहानो ग्लुको पासमा मार्टिनेजले एरिक गार्सियालाई बिट गर्दै गरेको प्रहार माथिल्लो पोस्टर तल्लो पोस्टमा लाग्दै गोलमा परिणत हुँदा गोलरक्षक मार्क आन्दर टेर स्टेगन मुकदर्शक बने ।

८२औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८९औं मिनेटमा रोविन गोसेन्सले गोल गर्दै इन्टरलाई पुनः खेलमा ३–२ ले अघि बढाए । उनले मार्टिनेजको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लेवान्डोस्कीले एरिक गार्सियाको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएर अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कायमै राखे । इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा इन्टरका प्रशिक्षक सिमोन इन्जाघी रातो कार्ड खाँदै टचलाई छाड्न बाध्य भए ।

यस बराबरीसँगै समूह ‘सी’ मा इन्टर ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा बार्सिलोना पनि ४ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । बायर्न ४ खेलबाट १२ अंक जोडेर अघिल्लो चरणमा प्रवेश गर्दा भिक्टोरिया प्लेजेन अंकविहीन हुँदै पुछारमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

जर्मनी जितका बाबजुद समूह चरणबाट बाहिरियो

जर्मनी जितका बाबजुद समूह चरणबाट बाहिरियो

02/12/2022

  • चेल्सीका प्रशिक्षक टुचेल बर्खास्त

    08/09/2022

  • पोखरामा भदौ ३ र ४ मा राष्ट्रिय एक्यान फुट्सल टुर्नामेन्ट हुने

    18/08/2022

  • रोमाञ्चक जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा

    05/01/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.