• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Other Sports » लेब्रोन जेम्स, जसले तोडे ३९ वर्षको रेकर्ड

लेब्रोन जेम्स, जसले तोडे ३९ वर्षको रेकर्ड

09/02/2023

लेब्रोन जेम्सले एनबीए इतिहासकै सबैभन्दा बढी अंक बनाएका करिम अब्दुल–जब्बरको ३९ वर्ष पुरानो कीर्तिमान मंगलबार तोडेका छन् । करिमको प्रदर्शनलाई धेरैले कहिल्यै तोड्न नसकिने कीर्तिमानको रूपमा लिएका थिए, जसलाई जेम्सले उछिनेका हुन् ।

लस एन्जल्स लेकर्सका स्टार खेलाडी जेम्सले २० औं सिजनमा रोमाञ्चक खेलमा ओक्लाहोमा सिटी थन्डरविरुद्ध २१ फिटबाट पनि स्कोर गर्दै करिअरमा कुल ३८ हजार ३ सय ८७ अंक बनाएका करिमको एनबीएमा सर्वाधिक स्कोरको कीर्तिमान भंग गरेका हुन् । जेम्सले ३८ हजार ३ सय ८८ अंक छोएपछि एरिनामा ठूलो खुसीयाली मनाएका थिए । कोर्ट नजिकै रहेका करिम जेम्सलाई बधाई दिनेमध्येमा पहिलो रहे । करिमले १९८४ मा उक्त कीर्तिमान रचेका थिए ।

‘करिमजस्तै लिजेन्डको उपस्थिति मेरो लागि धेरै ठूलो हो,’ परिवार, साथी र समर्थकलाई धन्यवाद दिँदै जेम्सले भने, ‘यो २० वर्षको यात्रामा सबैको योगदान उत्तिकै छ । म धन्यवाद मात्रै भन्न चाहन्छु किनभने म सबैको सहयोगविना यहाँ हुने थिइनँ । सबैको धैर्य र त्यागको सहयोगले यो अवस्थामा आइपुगेको हो ।’

उनले खलमा ३८ स्कोर गरेर एनबीए करिअरमा ३८ हजार ३ सय ९० अंक बनाए । अझै उनले कम्तीमा दुई सिजन खेल्ने अपेक्षा गरिएको छ । ‘मलाई थाह छ कि म अझै केही वर्ष खल्ने छु । यो सबै मेरो दिमागको कुरा हो,’ जेम्सले भने, ‘मेरो दिमाग अझै यसमा हुने हो भने म अझै अगाडि बढ्न उत्साहित हुने छु र च्याम्पियनसिपका लागि खेल्ने प्रयास गर्नेछु । मलाई अझै त्यो (च्याम्पियनसिप) गर्न सक्छु भन्ने महसुस हुन्छ ।’

लेकर्स संघर्षरत भए पनि जेम्सले औसतमा प्रतिखेल ३० स्कोर गरिरहेका छन् । उनी करिमको कीतिमान भंग गर्न ३६ अंक चाहिएको स्थितिमा ओक्लाहोमाविरुद्धको खेलमा पुगेका थिए । ३८ वर्षीय उनले सुरुका दुई प्रहार असफल भए पनि पहिलो क्वाटरको मध्यतिर थ्री–प्वाइन्टरमार्फत् लय समातेका थिए । चारपल्टका एनबीए च्याम्पियन जेम्सले पहिलो क्वाटरमै ८ अंक बनाए । दोस्रो क्वाटरमा १२ स्कोर गरेपछि उनलाई परिवर्तन गरियो । तेस्रो क्वाटरमा ८ अंक जोडेपछि उनलाई कीर्तिमान तोड्न अन्तिम क्वाटरमा ८ अंक जोड्नुपर्ने अवस्था बन्यो । अन्ततः लामो प्रयासपछि उनी करिमको ३९ वर्ष पुरानो कीर्तिमान भंग गर्न सफल भए ।

‘मेरो विचारमा खेलकुदमा यो महान् रेकर्ड हो,’ जेम्सले भने, ‘बेसबलको रेकर्डजस्तै उच्च हुन्छ भन्ने सोचेको छु । यो एउटा यस्तो रेकर्ड हो कि जसलाई तोड्नका लागि कहिल्यै हेर्न वा सोच्न पनि सकिँदैन ।’ धेरैले करिमको कीर्तिमान पनि छुन नसकिने विश्वास गरेका थिए ।
Share
Tweet

RELATED ARTICLES

  • टीकाराम र सोनुलाई स्वर्ण

    15/04/2023

  • विश्वकै उत्कृष्ट उसु खेलाडीमा ३ नेपाली मनोनित

    02/02/2023

  • सबालेन्कालाई पहिलो ग्रान्ड स्लाम

    29/01/2023

  • गण्डकी र एपीएफले जिते टाइगर कप

    29/01/2023

  • तिलोत्तमामा उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता हुने

    11/01/2023

  • सुनिल र नीमा सर्वोत्कृष्ट

    05/01/2023

Sport News

रोनाल्डोको गोलमा अल नासर हारबाट जोगियो

रोनाल्डोको गोलमा अल नासर हारबाट जोगियो

04/02/2023

  • रियल म्याड्रिड च्याम्पियन्स लिगमा पराजित

    26/10/2022

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • बार्सिलोना र बायर्न च्याम्पियन्स लिगको एकै समूहमा

    26/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.