• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रोनाल्डो भन्छन् – ‘युनाइटेडले धोका दियो, क्लबबाट निकाल्न खोजे’

रोनाल्डो भन्छन् – ‘युनाइटेडले धोका दियो, क्लबबाट निकाल्न खोजे’

14/11/2022

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट आफूले धोका पाएको र क्लबले निकाल्न खोजेको आरोप लगाएका छन् ।

पिएर्स मोर्गनसँग टक टिभीमा दिएको अन्तर्वार्ताको छोटो अंश सार्वजनिक भएकोमा रोनाल्डोले युनाइटेडका पूर्व प्रशिक्षक राल्फ राग्निक, वर्तमान प्रशिक्षक एरिक टेन हाग र क्लबका अन्य पूर्व खेलाडी र नेतृत्वविरुद्ध असन्तुष्टि पोखेका छन् ।

रोनाल्डोले क्लबका प्रशिक्षक र अन्य उच्च पदका अधिकारीले आफूलाई धोका दिएको बताए । ‘हो । मलाई धोका दिएको महसुस भएको छ । प्रशिक्षक मात्र होइन, क्लबका अन्य उच्च पदका पदाधिकारीले पनि । मलाई केहि वास्ता छैन, तर सबैले साँचो कुरा थाहा पाउनुपर्छ,’ रोनाल्डोले भने ।

‘मलाई धोका दिइयो । केहि मान्छे मलाई क्लबमा देख्न चाहदैन थिए । यो वर्ष मात्र होइन, अघिल्लो वर्ष पनि,’ उनले थपे ।

रोनाल्डोले गत साता एस्टन भिल्लाविरुद्ध टोलीको कप्तानी गरेका थिए । तर उक्त खेलमा युनाइटेड ३-१ ले पराजित भएपछि रोनाल्डो टोलीमा अटाएका छैनन् । क्लबले उनी बिरामी भएको जानकारी दिएको थियो ।

गत महिना रोनाल्डो टोटेनहम हट्सपरविरुद्ध खेलमा बेन्चबाट मैदान प्रवेश गर्न नमानेपछि क्लबले चेल्सीविरुद्धको खेलमा उनलाई बाहिर राखेको थियो । रोनाल्डोले आफू प्रशिक्षक टेन हागलाई सम्मान नगर्ने पनि बताए ।

‘मलाई उनीप्रति कुनै सम्मान छैन किनभने उनले पनि मलाई सम्मान देखाएनन् । यदि कसैले मलाई सम्मान गर्दैन भने म कहिल्यै उनलाई सम्मान गर्ने छैन,’ उनले भने ।

रोनाल्डोले सर एलेक्स फर्गुसनले छोडेपछि युनाइटेड अर्कै भएको दावी गरे । ‘समर्थकले सबै थाहा पाउनुपर्छ । म क्लबको उत्कृष्ट हेर्न चाहन्छु त्यसैले फर्किएँ । सर एलेक्सले छाडेपछि क्लबमा केहि परिवर्तन आएन,’ उनले थपे, ‘मलाई म्यानचेस्टर युनाइटेड मनपर्छ । समर्थक मनपर्छ र उनीहरु सधैं मेरो साथमा छन् । तर यदि उनीहरु स्थिति फरक होस् भन्ने चाहन्छन् भने धेरै परिवर्तन आवश्यक छ ।’

रोनाल्दोले पूर्व प्रशिक्षक राल्फ राग्निकको पनि आलोचना गरे । ‘जब तपाइँ प्रशिक्षक पनि हुनुहुन्न भने युनाइटेड कसरि सम्हाल्नुहुन्छ ? मैले उनीबारे कहिल्यै सुनेको थिइनँ,’ उनले भने ।

रोनाल्डो पूर्व सहकर्मी वायन रुनीको व्यवहारप्रति पनि रुष्ट देखिए । ‘मलाई थाहा छैन उनले किन मेरो खेदो खन्छन् । हुनसक्छ उनी सन्न्यास लिइसके र म उच्च स्तरमा खेलिरहेको छु,’ रोनाल्डोले थपे, ‘म उनीभन्दा राम्रो देखिन्छु भनेर भन्दिन । तर यो सत्य हो ।’

रोनाल्डोले मोर्गनलाई दिएको ९० मिनेटको अन्तर्वार्ता मंगलबार र बुधबार प्रसारण हुने तालिका छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

सिरि ए  फुटबलमा युभेन्टस र नापोलीको शानदार सुरुआत

सिरि ए फुटबलमा युभेन्टस र नापोलीको शानदार सुरुआत

16/08/2022

  • एशियाकपः भारत गर या मरको स्थितिमा

    06/09/2022

  • म्यानचेस्टर सिटीको रोमान्चक जित

    06/11/2022

  • फिफा विश्वकपको ट्रफि कस्ले बनायो?

    15/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.