• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रोनाल्डोले प्रतिबन्धका कारण आज डेब्यु गर्न नपाउने

रोनाल्डोले प्रतिबन्धका कारण आज डेब्यु गर्न नपाउने

06/01/2023

साउदी क्लब अल नासरमा अनुबन्ध भएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा खेल्दा लागेको प्रतिबन्धका कारण नयाँ क्लबबाट डेब्युका लागि प्रतिक्षा गर्नुपर्ने भएको छ ।

गत महिना नै एभर्टनका समर्थकको हातबाट फोन खोसेको आरोपमा इंग्ल्यान्डको फुटबल एसोसिएनस (एफए) ले रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध सुनाएको थियो । उक्त प्रतिबन्ध फिफाको नियम अनुसार इंग्ल्यान्ड वा त्यसभन्दा बाहिरको घरेलु लिगमा लागु हुने थियो । युनाइटेडसँग आपसी समझदारीमा सम्झौता तोडेका उनी विश्वकप अवधिभर क्लबविहीन थिए ।

रोनाल्डोमाथि लागेको प्रतिबन्ध घरेलु लिग खेलमा मात्र लागु हुनेछ । यसका कारण रोनाल्डोले साउदी क्लब अल नासरबाट आगामी दुइ खेल गुमाउने पक्का भएको हो । अल नासरले आज राती ८:४५ बजे अल ताएको सामना गर्दैछ । उक्त खेलका लागि अल नासरले २८ हजार क्षमता भएको घरेलु मैदान एमरसुल पार्कको सबै टिकट विक्री गरिसकेको छ । तर रोनाल्डो खेलमा दर्शकदिर्घामा रहनेछन् ।

रोनाल्डोले अल शबाबविरुद्ध शनिबार हुने डर्बी खेल पनि गुमाउने छन् । उनले जनवरी २१ मा एतिफाकविरुद्ध खेल्दै लिग डेब्यु गर्नेछन् । उक्त खेल नेपाली समयअनुसार रातको ८:४५ बजे हुनेछ ।

गत अप्रिलमा गुडिसन पार्कमा हार बेहोरेपछि ड्रेसिङ रुम छिर्दै गर्दा ३७ वर्षीया रोनाल्डोले फोनमा ठक्कर दिएको देखिएको थियो । एफएले उनलाई अनुचित र हिंसात्मक आचरणको लागि दोषी ठहर गर्दै कारवाही गरेको थियो । उनलाई त्यतिबेला (अगस्ट) मै प्रहरीले सतर्क गराएको थियो ।

घटनापछि तुरुन्तै रोनाल्डोले युवा फ्यानसँग माफी मागेका थिए । एफएले रोनाल्डोले अनुचित आचरणको आरोप स्वीकार गरेको तर हिंसात्मक आचरण नभएको बताएको छ । यस्तै एक अन्तर्वार्तामा युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागको आलोचना गरेका रोनाल्डोलाई फुटबल संघले ५० हजार पाउण्ड जरिवाना समेत गरेको छ ।

ओल्ड ट्राफर्डमा उनको दोस्रो स्पेलको अन्त्यमा एक विवादास्पद अन्तर्वार्ता पछि उनले युनाइटेडको आलोचना गर्दै प्रशिक्षक टेन ह्यागको लागि आफ्नो ‘कुनै सम्मान’ नरहेको बताएका थिए । त्यसपछि युनाइटेडले रोनाल्डोसँग सम्झौता तोडेको थियो । रोनाल्डोले त्यसपछि साउदी क्लबलाई रोजेका हुन् । उनलाई यसै साता मात्र क्लबमा भव्य स्वागत गरिएको थियो । तर डेब्युका लागि भने रोनाल्डोले दुई खेल कुर्नुपर्ने भएको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

डर्टमुन्डको जित

डर्टमुन्डको जित

28/08/2022

  • चाेटका कारण यी खेलाडीले गुमाउदैछन् कतार विश्वकप

    19/11/2022

  • ब्रेन्टफर्डसँग म्यानचेस्टर सिटी स्तब्ध

    13/11/2022

  • नेपाल टी–ट्वान्टी लिग आजदेखि सुरु

    24/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.