• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रोनाल्डोको कीर्तिमानी गोल र खेलमा पोर्चुगलको जित

रोनाल्डोको कीर्तिमानी गोल र खेलमा पोर्चुगलको जित

21/06/2023

भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोले कीर्तिमानी खेलमा गोल गरेपछि पोर्चुगलले युरो कप २०२४ को छनोट खेलमा लगातार चौथो जित दर्ता गरेकाे छ ।

रोनाल्डोले कीर्तिमानी २००औं खेलमा कीर्तिमानी १२३औं गोल गरेपछि पोर्चुगलले १० खेलाडीमा समेटिएको घरेलु टोली आइसल्यान्डमाथि १–० को संघर्षपूर्ण जित दर्ता गरेको हो । बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर रोनाल्डोले गोल गर्र्दै पोर्चुगललाई ३ अंक दिलाए ।

आइसल्यान्डमा मंगलबार राति भएको खेलको ८९औं मिनेटमा ३८ वर्षीय रोनाल्डोले गोन्कालो इनासियोको हेडर पासमा उनले वान टचमा सहज फिनिस गरेका थिए ।

यससँगै रोनाल्डो २०० अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो पुरुष खेलाडी बनेका छन् । यो रोनाल्डोको कीर्तिमानी १२३औं अन्तर्राष्ट्रिय गोल हो । उनी राष्ट्रिय टोलीबाट पुरुषतर्फ सर्वाधिक गोल गर्ने सुचीमा पनि शीर्षस्थानमा छ ।

साउदी अरेबियनको अल–नासरका रोनाल्डोले गत मार्चमा कुवेतका फरवार्ड बदर अल–मुतावाको १९६ अन्तर्राष्ट्रिय क्यापको कीर्तिमान तोडेका थिए । रोनाल्डोको यो कीर्तिमानी खेलअघि गिनिज वल्र्ड रेकर्ड्सले रोनाल्डोलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

‘मेरो लागि यो अविश्वसनीय उपलब्धि हो, यो आश्चर्यजनक छ ।’ रोनाल्डोले खेलपछि भने, ‘र, पक्कै पनि विजयी गोलले अझ विशेष छ । हामीले त्यति राम्रो खेलेका छैनौं तर कहिलेकाहीं फुटबल यस्तो हुन्छ तर हामीले गोल ग¥यौं । हामी यसको हकदार थियौं । म २०० क्यापहरूको कारण धेरै खुसी छु, तर यो अझ विशेष छ ।’

रोनाल्डो पछिल्लो २० वर्षयता पोर्चुगलको टोलीमा नियमित छन् । रोनाल्डोले सन् २००३ मा पोर्चुगलको लागि डेब्यु गरेका थिए । हाल अल नासरमा रहेका पूर्व स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसका फरवार्डले पाँच पटक बालोन डी’ओर जितेका छन् ।

युरो २०२४ को छनोटमा उनको पाँचौं गोलले पोर्चुगललाई चार खेलबाट चार जित दिलाउन मद्दत ग¥यो । ८१औं मिनेटमा घरेलु टोली आइसल्यान्ड १० खेलाडीमा समेटिदा त्यसको फाइदा पोर्चुगलले उठाउन सफल भयो । विलम विलुमसन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

यस जितले समूह ‘जे’ मा शीर्षस्थानमा रहेको पोर्चुगलको ४ खेलबाट १२ अंक पुगेको छ । पराजित आइसल्यान्ड ३ अंक जोडेर पाँचौं स्थानमा छ ।

यही समूहको अर्काे खेलमा लक्जेमवर्गले बोस्निया एण्ड हर्ज गोभिनालाइए २–० ले तथा स्लोभाकियाले लिचेस्टाइनलाई १–० ले पराजित गरेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • पीएसजीको रोमाञ्चक जित: आर्सनललाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा, ट्रफी कसको हातमा?

    08/05/2025

  • इन्टर मिलानको रोमाञ्चक जित: बार्सिलोनालाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा, ट्रफी कसको हातमा?

    07/05/2025

  • ट्रेण्ट अलेक्ज्यान्डर-आर्नोल्डको लिभरपुल छोड्ने निर्णय: नयाँ चुनौती खोज्दै, रियल मड्रिडको बाटो कति सहज?

    06/05/2025

  • चेल्सीको शानदार जित: लिभरपुललाई ३-१ ले हरायो, प्रिमियर लिगको च्याम्पियन्स लिग स्थान कसको हातमा?

    05/05/2025

  • बार्सिलोनाको रोमाञ्चक जित: भालाडोलिडलाई २-१ ले हरायो, ला लिगाको शीर्ष स्थानमा को पुग्ला?

    04/05/2025

  • म्यानचेस्टर सिटीको रोमाञ्चक जित: वल्भ्सलाई १-० ले हरायो, प्रिमियर लिगको शीर्ष स्थानमा को पुग्ला?

    04/05/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.