• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रोनाल्डोको कीर्तिमानी गोलमा म्यानचेस्टरको पूनरागमन जित

रोनाल्डोको कीर्तिमानी गोलमा म्यानचेस्टरको पूनरागमन जित

10/10/2022

पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले यस सिजन प्रिमियर लिगमा पहिलो तथा क्लब करिअरमा कीर्तिमानी ७ सय गोल पूरा गरेको खेलमा म्यानचेस्टर युनाइटेडले पूनरागमन जित निकालेको छ ।

युनाइटेडले एभर्टनमाथि २–१ को पूनरागमन जित निकालेको हो । एक गोल एन्टोनीको नाममा रह्यो । एभर्टनका एलेक्स इओवीको गोल सान्त्वना बन्यो ।

गुडिसन पार्क लिभरपुलमा आइतबार राति भएको खेलको पाँँचौं मिनेटमा इओवीको गोलबाट युनाइटेड खेलमा १–० ले पछि परेको थियो । १५औं मिनेटमा एन्टोनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एन्थोनी मार्सियालको पासमा गोल गर्न सफल भएका थिए ।

४४औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–१ ले अघि बढाए । यो सिजन प्रिमियर लिगमा पहिलो रोजाईमा विरलै अवसर पाएका ३७ वर्षे रोनाल्डोले सातौ खेलमा आएर क्यासमिरोको पासमा गोल गर्न सफल भएका हुन् ।

यससँगै उनले व्यवसायिक खेल करिअरमा ७ सय गोलको आँकडा पूरा गरेका छन् । उनले ९४५ खेलमा ७०० गोलको आँकडा पार गरेका हुन् ।

रोनाल्डोले स्पोर्टिङ सिपीबाट ३१ खेलमा ५ गोल, म्यानचेस्टर युनाइटेडबाट २९२ खेलमा ११८ गोल, रियल म्याड्रिडबाट ४३८ खेलमा ४५० गोल र युभेन्ट्सबाट १३४ खेलमा १०१ गोल गरेका छन् । गत सिजन युनाइटेड फर्किएका रोनाल्डोले यस सिजनसहित ४८ खेलमा २६ गोल गरेका छन् ।

८१औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपनि उक्त गोलको मुभमा फउल भएपछि गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी हुन सफल भयो ।

यस जितसँगै युनाइटेड ८ खेलबाट १५ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन १० अंक जोडेर १२औं स्थानमा रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

युभेन्ट्स बराबरीमा रोकियो

युभेन्ट्स बराबरीमा रोकियो

23/08/2022

  • नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज

    14/10/2022

  • अर्जेन्टिनी गोलरक्षक मार्टिनेजलाई गोल्डेन ग्लोभ अवार्ड

    19/12/2022

  • आइ लिगमा किरण सम्मिलित टोलीको हार

    18/01/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.