• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रियल म्याड्रिडले बार्सिलोनासँगको अंक दुरी छोट्यायो

रियल म्याड्रिडले बार्सिलोनासँगको अंक दुरी छोट्यायो

11/11/2022

युरोपेली च्याम्पियन रियल म्याड्रिडले क्याडिजलाई हराउँदै स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनासँगको अंक दुरी छोट्याएको छ ।

घरेलु मैदानमा रियलले क्याडिजलाई २–१ ले पराजित गर्दै बार्सिलोनासँगको अंक दुरी २ मा छोट्याएको हो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलमा रियलको जितमा इडर मिलिसाओ र टोनी क्रुसले गोल गरे । क्याडिजका पेरेजले एक गोल फर्काए ।

खेलको ४०औं मिनेटमा इडर मिलिसाओले गोल गर्दै रियललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । कप्तान लुका मोड्रिचबाट टोनी क्रुसले दिएको क्रसलाई मिलिसाओले अफसाइड बिट ट्रयाप गर्दै हेडरमार्फत गोल गर्न सफल भएका थिए । उक्त गोललाई भिडियो सहायक रेफ्री (भिएर) ले अफसाइड जाँच गरेपछि मान्यता दिएको थियो ।

५४औं मिनेटमा रियलका फेडे भाल्भेर्डे चुके । ७०औं मिनेटमा क्रुसले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट भलीमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले भिनिसियस जुनियरको पासमा सुन्दर फिनिस गरे ।

८०औं मिनेटमा रियल अर्काे गोल थप्नबाट चुक्यो । निकै मिहेनत गरेर भिनिसियसले दिएको पासमा कप्तान लुका मोड्रिचले खाली पोस्टमा गोल गर्न सकेनन् । लगत्तै ८१औं मिनेटमा परिवर्तित खेलाडी लुकास पेरेजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

बोनगोन्डाको प्रहारलाई थिवाउट कोर्टुवाले नियन्त्रणमा लिन नसकेको बललाई अल्भारो नेग्रेडोको प्रहार रिवाउन्ड हुँदा ७२औं मिनेटमा मैदान छिरेका लुकास पेरेजले खाली पोस्टमा जाली चुमाए । त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।

यस जितसँगै रियलको १४ खेलबाट ३५ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानमा रहेको बार्सिलोनाको ३७ अंक छ । तेस्रो स्थानमा रहेको रियल सोसिडाड २६ अंकसहित रियलभन्दा ९ पछि छ । क्याडिज ११ अंक जोडेर तालिकाको १९औं स्थानमा छ ।

ला लिगाकै अर्काे खेलमा भ्यालेन्सियाले १० खेलाडीमा समेटिएको रियल बेटिसलाई ३–० ले पराजित गरेको छ । भ्यालेन्सियाको जितमा आन्द्रे अल्मेइडा, ह्युगो गुइलामोन र जस्टिन क्लुइभर्टले गोल गरे ।

इडगर गोन्जालेस ६१औं मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल बेटिस १० खेलाडीमा समेटिन पुगेको थियो । त्यसको फाइदा भ्यालेन्सियाले उठाउन सफल भयो ।

यस जितसँगै भ्यालेन्सिया १९ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित रियल बेटिस २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । फिफा विश्वकप कतार २०२२ का कारण अब स्पेनिस ला लिगा ३१ डिसेम्बरदेखि सुचारु हुने छ ।

Share
Tweet

RELATED ARTICLES

  • चेल्सीको फिफा क्लब विश्वकप फाइनल यात्रा: फुटबल र सट्टेबाजीको रोमाञ्चक उत्साह

    09/07/2025

  • फुटबलको रोमाञ्च र जुवाको उत्साह: रियल मड्रिडको क्लब विश्वकप सेमिफाइनल यात्रा!

    06/07/2025

  • डियागो जोटाको दुखद निधन: फुटबल र क्रिकेटप्रेमीहरूको मन रुन्छ, के यो सत्य हो?

    04/07/2025

  • रियल मड्रिडको रोमाञ्चक जित: फिफा क्लब विश्वकपमा क्वाटरफाइनल यात्रा!

    02/07/2025

  • फ्लुमिनन्सको शानदार जित: इन्टरलाई हराउँदै क्लब विश्वकपको क्वार्टरफाइनलमा, के तपाईं खेलकुद र सट्टेबाजीको रोमाञ्चक अनुभव खोज्दै हुनुहुन्छ?

    01/07/2025

  • जुवा र खेलकुदको रोमाञ्च: चेल्सी क्लब विश्वकपको क्वार्टरफाइनलमा, सट्टेबाजीमा कसरी जित्ने?

    29/06/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.