• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

16/04/2023

सिकन्दर राजा र कप्तान साम करनको उत्कृष्ट प्रदर्शनमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २१ औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई दुई विकेटले पराजित गरेको छ । पन्जाब तेस्रो जितका साथ अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ६० रनको मध्यम विजयी लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबको जितमा सिकन्दर राजाले ४१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए । आइपिएलमा पहिलो सिजन खेलेका उनी पहिलो पटक प्लेयर अफ द म्याच चुनिए ।

म्याथ्यु सर्टले २२ बलमा ५ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । ओपनर अथर्भ टाडे शून्य, प्रभसिमरन सिंह ४, हरप्रीत सिंह भाटिया २२, कप्तान साम करन ६, जितेश शर्मा २ र हरप्रीत ब्रार ६ रनमा आउट भए ।

शाहरुख खान १० बलमा १ चौका र २ छक्कासहित २३ रनमा अविजित रहँदै जित पक्का गराए । युधविर सिंह चरक, मार्क वुड र रवि विश्रोईले समान दुई विकेट लिए । कृष्णाप्पा गोथम र क्रुनाल पान्ड्याले एक एक विकेट लिए ।

त्यसअघि घरेलु मैदान एककानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

लखनऊका ओपनर तथा कप्तान लोकेश राहुलले ५६ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७४ रन बनाएपनि टोलीले जित हात पार्न सकेन । राहुल केहि सुस्त गतिमा खेलेका थिए । ओपनर कायल मेयर्स र राहुलले ७.४ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो लखनऊलाई राम्रो सुरुवात दिलाएका थिए । मेयर्स २३ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए ।

मेयर्स स्पिनर हरप्रीत ब्रारको बलमा ठूलो सट खेल्ने धुनमा डिप स्क्वायर लेगमा हरप्रीत सिंहबाट क्याच आउट हुन पुगेका थिए । सिकन्दर राजाको बलमा दीपक हुडा दुई रनमा एलबीडब्लू आउट भए । बेंगलोरविरुद्ध १५ बलमै अर्धशतक हानेका निकोलस पुरन गोल्डेन डक आउट भएका थिए । रबाडाले पुरनलाई शाहरुख खानबाट क्याच गराएका थिए ।

क्रुनाल पान्ड्या १७ बलमा २ चौकासहित १८ रनमा रबाडाको बलमा आउट भए । मार्कस स्टोइनिस ११ बलमा २ छक्कासहित १५ रनमा विकेटकिपर जितेश शर्माबाट क्याच गराए । कप्तान साम करनले आफ्नो बलमा रिभ्यु लिँदै पेभेलिएन फर्काएका थिए ।

पन्जाबका कागिसो रबाडाले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । कप्तान साम करनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंह, हरप्रीत ब्रार र सिकन्दर राजाले समान एक विकेट लिए ।

यस खेलमा पन्जाबको कप्तानी साम करनले गरेका थिए । शिखर धवन घाइते भएपछि साम करनले कप्तानीमा डेब्यू खेलमा पन्जाबले जितेको हो । लखनऊ ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । राजस्थान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

  • पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

    25/03/2023

Sport News

शानकाको उत्कृष्ट शतकका बाबजुद श्रीलंका भारतसँग पराजित

शानकाको उत्कृष्ट शतकका बाबजुद श्रीलंका भारतसँग पराजित

11/01/2023

  • Congratulation to the winners !!!

    02/12/2022

  • वियंका र आशिष यू १६ टेबल टेनिस च्याम्पियन

    24/08/2022

  • साफ यू २० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जीत

    28/07/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.