• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » महिला टि२० विश्वकपमा अष्ट्रेलिया र इंग्ल्यान्डको विजयी सुरुवात

महिला टि२० विश्वकपमा अष्ट्रेलिया र इंग्ल्यान्डको विजयी सुरुवात

13/02/2023

दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टि२० विश्वकपमा अष्ट्रेलिया र इंग्ल्यान्डले विजयी सुरुवात गरेका छन् । साविक विजेता अष्ट्रेलियाले न्युजिल्यान्डलाई ९७ रन तथा इंग्ल्यान्डले वेस्टइन्डिजलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेका छन् ।

टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । वेस्टइन्डिजकी हेली म्याथ्युजले ३२ बलमा ८ चौकासहित सर्वाधिक ४२ रन बनाइन् । शेमेन क्याम्पबेलले ३७ बलमा ४ चौकासहित ३४ रनमा आउट भइन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । इंग्ल्यान्डका सोफी एक्लेस्टोनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिइन् ।

जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य इंग्ल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा नाटली स्क्याभर ३० बलमा ६ चौका र १ छक्कासहित ४० रनमा अविजित रहिन् । कप्तान हेथर नाइटले २२ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहिन् ।

ओपनर शोफिया डंकली १८ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा आउट भइन् । वेस्टइन्डिजकी चिनेल हेनरीले सर्वाधिक दुई विकेट लिइन् । समूह बी मा इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान र वेस्टइन्डिज छन् । आज साँझ यस समूहमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । ओपनर एलिसा हेली ३८ बलमा ९ चौकासहित ५५, एसिला पेरी २२ बलमा ३ चौका र २ छक्कासहित ४० र कप्तान मेग लर्निङ ३३ बलमा ७ चौकासहित ४१ रनमा आउट भइन् । न्युजिल्यान्डकी लिया ताहुहु र अमेलिया केरले तीन तीन विकेट लिइन् ।

जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १४ ओभरमा ७६ रनमा अल आउट भयो । उसको लागि अमेलिया केरले सर्वाधिक २० रन बनाइन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियाकी एले एशली गार्डनरले ३ ओभरमा १२ रन खर्चेर ५ विकेट लिइन् । मेगन स्कटले दुई विकेट लिइन् । समूह ए मा अष्ट्रेलिया, श्रीलंका, बंगलादेश, दक्षिण अफ्रिका र न्युजिल्यान्ड छन् ।

Share
Tweet

RELATED ARTICLES

  • पन्जाब र दिल्लीको रोमाञ्चक खेल रद्द: फ्लडलाइट बिग्रियो कि सुरक्षा कारण, आइपीएलमा कस्तो प्रभाव?

    09/05/2025

  • कोलकातालाई चेन्नईको धक्का: आइपीएलमा रोमाञ्चक हार, प्लेअफको बाटो कति कठिन?

    08/05/2025

  • गुजरातको रोमाञ्चक जित: वर्षाले प्रभावित खेलमा मुम्बईलाई हराउँदै आइपीएलको शीर्ष स्थान, ट्रफी कसको हातमा?

    07/05/2025

  • आइपीएलमा हैदराबाद आउट: दिल्लीको प्लेअफ आशा कायम, कसले जित्ला ट्रफी?

    06/05/2025

  • आइपीएलमा गुजरातको शानदार जित: हैदराबादलाई ३८ रनले हरायो, प्लेअफमा कसले बाजी मार्ला?

    03/05/2025

  • गुजरातको बलियो चुनौती: राजस्थानलाई २१० रनको लक्ष्य, प्लेअफको सपना जोगाउन सक्ला?

    29/04/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.