• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » मछिन्द्रविरुद्ध चम्केका चर्च ब्वाइजका दुई आशिष

मछिन्द्रविरुद्ध चम्केका चर्च ब्वाइजका दुई आशिष

02/01/2023

सहारा क्लब पोखराको आयोजनामा जारी २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबले मछिन्द्र एफसीलाई ३–१ ले हराउँदाका दुई आशिष (चापागाई र चौधरी) नायक बने ।

म्यान अफ दी म्याच बनेका चापागाईले पहिलो हाफमा २ र चौधरीले दोस्रो हाफमा १ गोल गरे । खेलमा दुई आशिष निकै छाए । बी डिभिजनको च्याम्पियनका रुपमा गत वर्ष ए डिभिजन उक्लिएको चर्च ब्वाइजका उदीयमान खेलाडी दुई आशिष सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र विरुद्ध भारी परे । उनीहरुको खेल अविस्मरणीय रह्यो ।

आशिष चौधरीको सपना नै थियो मछिन्द्रसँग खेल्ने । उनले मछिन्द्र विरुद्ध खेलेनन् मात्र । गोल पनि गरे ।

चर्च ब्वाइजबाटै फुटबल करियर सुरु गरेका चौधरीले मछिन्द्रलाई घर पठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेपछि भने ‘निकै खुसी लाग्यो मैले लिग जितेको क्लबविरुद्ध खेल्ने धोका पुरा गरें । पोखरामा यो मेरो पहिलो पटक हो । हामीले अझ मिहेनत गर्नपर्ने छ’ उनले भने, ‘अझ मिहेनत गरेर अघि बढ्ने छु । हामी उपाधी जित्छौ भनेर आएका हौं हेरौं के हुन्छ ।’

पुलिसविरुद्ध खेलमा समेत उत्कृष्ट प्रदर्शन गरेका चौधरीले दोस्रो खेलमा पनि आफ्नो लय कायम राखे । लिग विजेता मछिन्द्रविरुद्ध अनुभवी अञ्जन विष्ट र कप्तान अनन्त तामाङको आक्रामक खेल सोचे अनुरुप हुन सकेन । तर आशिषद्वयले आक्रमणमा कमी महसुस हुन दिएनन् ।

पाँचौ मिनेटमा हालै मात्र मनाङ मर्स्याङ्दी क्लब छाडेका मछिन्द्रका पुजन उपरकोटीले तेज तामाङलाई लडाएपछि चर्च ब्वाइजले फ्रिकिकको अवसर प्राप्त गरेको थियो । एरिक विष्टको उत्कृष्ट प्रहार क्रसबारमा लाग्दै गोललाइन नजिकैबाट रिवाउन्ड हुँदा चर्च ब्वाइज अग्रता लिनबाट चुक्यो ।

मछिन्द्रका रितिक खड्काले खेलको आठौं मिनेटमा गोल गर्ने अवसर खेर फाले । मछिन्द्रका डिफेन्डर पदम भट्टराईले पेनाल्टी क्षेत्रबाट गरेको लामो प्रहारलाई चर्च ब्वाइजका अनन्त तामाङले ब्याक हेडर मार्फत गोलरक्षक किशोर गिरीलाई दिन खोज्दा अनमार्क रितिकले नियन्त्रणमा लिँदै किशोरलाई बिट गर्दा पनि गोल गर्न सकेनन् । दशौं मिनेटमा कप्तान सुजल श्रेष्ठको लोक्रसमा विमल घर्तिमगरको हेडरमा गोलरक्षक किशोरले रोके ।

२३ औं मिनेटमा आशिष चापागाईले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । डिफेन्स लाइनबाट आएको बलमा मछिन्द्रले अफसाइड भनि अपिल गर्दा अञ्जन विष्टले वान भर्सेस वानमा गरेको हेडलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाउ गर्दा रिवाउन्ड बलमा आशिषले उत्कृष्ट गोल गरे ।

उनले पहिलो हाफमा इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै २–० को अग्रता दिलाए । दोस्रो पटक समेट अफसाइड भन्दै मछिन्द्रका खेलाडी अन्योलमा परेको अवस्थामा उनले बल अघि बढाउँदै गोल गरेका थिए । ६४ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै गोलअन्तर बढाएका थिए । आशिष चापागाइको पासलाई नियन्त्रणमा लिदैं पेनाल्टी बक्सबाट चापागाईले फस्ट बारमा गोल गरेका थिए ।

७३ औं मिनेटमा मछिन्द्र अग्रता घटाउनबाट चुक्यो । सिमान्त थापाले डिफेन्डर बिट गर्दै खाली ठाउँमा दिएको पासलाई छिरिङ गुरुङले भेट्न सकेनन् । ८६ औं मिनेटमा सौरभ सुब्बाको प्रहार बाहिरिदाँ अर्को अवसर खेर गयो । ८७ औं मिनेटमा दिपेश घले,रितिक र उत्सव राई बीच उत्कृष्ट मुभ बनेपनि गोल हुन सकेन । दिपेशले रितिकलाई र रितिकले उत्सवलाई दिएको पासमा उत्वस गोलगर्नबाट चुके । त्यसको दुई मिनेटपछि मछिन्द्रले गोल फर्कायो । परिवर्तित खेलाडी अभिषेकको पासमा परिवर्तित खेलाडी सौरभ सुब्बाले गोल गरेका थिए ।

‘लुकेको प्रतिभा बाहिर आयो‘ – प्रशिक्षक लामा (चर्च ब्वाइज)

चर्च ब्वाइजका प्रशिक्षक बनेर आएका राष्ट्रिय खेलाडी विक्रम लामाले इमर्जिङ खेलाडीले निकै मिहेनतका साथ खेलेको बताए । उनले दुई आशिषको पनि खुलेरै प्रसंशा गरे । नयाँ खेलाडीलाई अवसर दिदाँ उनीहरुले खेल कौशल देखाउने मौका पाएको उनी सुनाउँछन् ।

आशिष चौधरीले पहिलो खेलमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको लामाले बताए । उनले भने ‘आशिषको खेल राम्रो छ । अब हामीले नयाँ खेलाडीहरुलाई अघि बढाउनुपर्छ । मैले नयाँ खेलाडीलाई मौका दिएको हुँ । आजको खेलमा उनीहरुले सावित पनि गरे ।’

‘अब उदाउने खेलाडी हुन्’ – कप्तान अनन्त (चर्च ब्वाइज )

चर्च ब्वाइजका कप्तान तथा राष्ट्रिय खेलाडी अनन्त तामाङले दुवै आशिष अब उदाउने खेलाडीका रुपमा देखा परेको बताए । अनन्तले दुवैको खेल बी र सी डिभिजनमा समेत हेरेको उल्लेख गर्दै उनीहरुको खेल कौशल उत्कृष्ट रहेको बताए ।

उनले थपे, ‘मैले उनीहरुको खेल हेर्दै आएको छु । आज पनि खेल राम्रो छ । अब आउने भनेकै उनीहरु नै हुन् । बिस्तारै अझै प्रगति गर्ने सम्भावना छ । मिहेनत गर्दै जाने हो भने उनीहरु राष्ट्रिय टोलीमा पनि चाँडै देख्न सकिनेछ । ’

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

PREDICT X WIN – FIFA WORLD CUP QATAR 2022

PREDICT X WIN – FIFA WORLD CUP QATAR 2022

16/11/2022

  • मेस्सीको गोलमा पिएसजी विजयी

    05/02/2023

  • आइ लिगमा किरण सम्मिलित टोलीको हार

    18/01/2023

  • विश्वकै उत्कृष्ट उसु खेलाडीमा ३ नेपाली मनोनित

    02/02/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.