• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » भुटान इतिहास रच्दै अन्तिम चारमा

भुटान इतिहास रच्दै अन्तिम चारमा

10/09/2022

अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको १२ वर्षको इतिहासमा पहिलो जित । पहिलोपल्ट एउटै खेलमा एक गोलभन्दा बढी गरेको । विपक्षीलाई गोल गर्न नदिएर ‘क्लिन–सिट’ राखेको पनि पहिलो नै । यस्तै यस्तै कीर्तिमानको ओइरो लाउँदै भुटानी महिला राष्ट्रिय फुटबल टिम दशरथ रंगशालामा शुक्रबार श्रीलंकामाथि ५–० को ऐतिहासिक जित रच्दै पहिलोपल्ट साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

‘अन्तर्राष्ट्रिय सहभागितामा पहिलो जित हात पारेका छौं । इतिहास कोरेका छौं । हाम्रा लागि यो धेरै ठूलो उपलब्धि हो,’ प्लेयर अफ द म्याचको अवार्ड हात पारेकी भुटानी मिडफिल्डर सुनीता राईले भनिन् । साफ महिला च्याम्पियनसिप सन् २०१० मा कक्सबजार (बंगलादेश) बाट सुरु भएको थियो । त्यही पहिलो संस्करणबाट भुटानी महिला टिमले अन्तर्राष्ट्रिय फुटबल यात्रा थालेको थियो । अघिल्ला पाँचै संस्करणमा सहभागी भएको भुटानले त्यसमा १४ खेलमध्ये १३ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । पहिलो संस्करणमा श्रीलंकाविरुद्ध १–१ को नतिजा नै उसको सबभन्दा ठूलो उपलब्धि थियो । त्यसैले साफमा १६ औं खेलमा आएर भुटानले पहिलो जित दर्ता गरेको हो ।

फिफा वरीयताले भुटान १७६ औं स्थानमा देखाउँछ भने श्रीलंका त्योभन्दा २३ स्थानमाथि (१५३) । तर, वरीयताको त्यो अन्तर कुनै पनि समय मैदानमा देखिएन । महिला फुटबलको विश्वकप खेलेकी दक्षिण कोरियाली प्रशिक्षक होङ क्युङ–सुकले सम्हालेको भुटानी टिमले अहिले आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाविरुद्ध ऐतिहासिक जित हात पारेको हो । ऐतिहासिक सफलता उनी निकै खुसी देखिइन् । वास्तवमा खेल पनि गोलको अन्तरजस्तै एकतर्फी नै थियो । पूरा समय भुटानी खेलाडीहरू छाइरहे । छोटो–छोटो पास खेल्दै गोलका अवसर निरन्तर सिर्जना गरिरहे । लगभग पूरा खेल नै श्रीलंकाको पेनाल्टी क्षेत्रवरिपरि केन्द्रित भयो । श्रीलंकाले एकपल्ट पनि गोलको सहज अवसर बनाउन सकेन ।

सुनीता, कप्तान वाङ्मो घले, डेमा नामग्याल सुरुआती चरणमै गोलको खाता खोल्न चुकेका थिए । शुकमाया घलेले २६ औं मिनेटमा प्रहार गरेको फ्रि–किकमा बल पोस्टमा लागेर फर्केको थियो । तर, ४२ औं मिनेटमा डेमाले ‘१८ यार्ड लाइन’ बाट बल प्रहार गर्दै उत्कृष्ट गोल गरेपछि भुटानले पहिलो हाफमा १–० को अग्रता लियो । उनकै पासमा डेकी लाजोमले ५० औं मिनेटमा अग्रता दोब्बर बनाइन् । उनले पेनाल्टीमार्फत् ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । डिलक्सम थेवासायमले पेनाल्टी क्षेत्रमा डेमालाई लडाएपछि भुटानले उक्त पेनाल्टी पाएको थियो । छिरिङ लादेनले ८५ औं मिनेट र वाङमो घलेले ८९ औं मिनेट थप गोल गरेपछि भुटानले ५–० को जित नकालेको हो ।

यो साफको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । तर, दोस्रो खेलमा हात पारको फराकिलो जितसँगै ३ अंक जोडेको भुटान तीन देश रहेको समूह ‘बी’ मा एक खेल बाँकी छँदै अन्तिम चारमा प्रवेश गरेको छ । यो समूहको अन्तिम खेलमा सोमबार नेपालले श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्ने छ । उक्त खेलको नतिजा जस्तोसुकै भए पनि भुटानले सेमिफाइनल खेल्ने पक्का भएको हो र नेपालविरुद्ध भुटानको खेलले यो समूहबाट सेमिफाइन्ल पुग्ने अर्को टिमको टुंगो लगाउने छ ।

‘हेड’टु–हेड’ को नियमानुसार नेपाल ३ अंक भए पनि समूहको शीर्षस्थानमा छ । नेपाल अन्तिम खेलमा श्रीलंकासँग ५ गोल वा त्योभन्दा ठूलो अन्तरले पराजित भएमा समूह चरणबाटै बाहिरिने छ र यो अवस्थामा भुटान र श्रीलंका सेमिफाइनल पुग्नेछ । नेपालको जित, बराबरी वा श्रीलंकाको चार गोल वा त्योभन्दा कम अन्तरको जितले पनि भुटान बाहिरिने छैन । त्यसैले भुटानले गोलका कीर्तिमानसहित रचेको ऐतिहासिक जितसँगै साफ २०२२ को सेमिफाइनल यात्रा तय गरेको हो ।

अंक तालिका

समूह ‘बी’

नेपाल १ १ – – ४–० ३

भुटान २ १ – १ ५–४ ३

श्रीलंका १ – – १ ०–५ –

शनिबार हुने खेल

पाकिस्तानविरुद्ध बंगलादेश

१३: ०० बजे

माल्दिभ्सविरुद्ध भारत

१७: ५० बजे

दशरथ रंगशाला

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

नवौ राष्ट्रिय खेलकुदको ट्रफी काठमाडाैं महानगरमा पनि सार्वजनिक

नवौ राष्ट्रिय खेलकुदको ट्रफी काठमाडाैं महानगरमा पनि सार्वजनिक

30/09/2022

  • युभेन्ट्सको सानदार जित

    04/10/2022

  • बार्सिलोना र म्यानचेस्टरको रोमाञ्चक बराबरी

    17/02/2023

  • विश्वकपमा रेफ्रीविरुद्ध कुर्लिएका उरुग्वेका खेलाडीलाई कारवाही

    29/01/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.