• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » भारतलाई विश्वकप जिताएका कप्तानले नेपाल टि२० खेल्ने

भारतलाई विश्वकप जिताएका कप्तानले नेपाल टि२० खेल्ने

19/12/2022

भारतीय पूर्व क्रिकेटर तथा यू-१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्दले लुम्बिनी अल स्टार्सबाट नेपाल टि२० लिग खेल्ने भएका छन् । भारतीय सिनियर टोलीमा लामो समय प्रतिक्षा गरिरहँदा पनि मौका नपाएपछि चन्दले गत वर्ष सन्न्यासको घोषणा गर्दै अमेरिका लागेका थिए ।

एक समय चन्दलाई भारतीय क्रिकेटको ब्याटिङको भविष्य मानिन्थ्यो । तर भारतीय क्रिकेटमा तीव्र प्रतिस्पर्धामा उनले आफ्नो स्थान बनाउन सकेनन् । चन्दको कप्तानीमा भारतले सन् २०१२ मा यू१९ विश्वकप जितेको थियो । त्यसअघि २००८ मा विराट कोहलीको कप्तानीमा भारतले फाइनलमा दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतिको आधारमा १२ रनले हराउँदै यू१९ विश्वकप जितेको थियो । भारतीय क्रिकेट टोलीमा विराट कोहलीले लगातार सानदार प्रदर्शन गरेपछि चन्दले टोलीमा स्थान बनाउन सकेका थिएनन् ।

चन्दले फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतलाई उपाधि जिताउँदा १ सय ३० बलमा ७ चौका र ६ छक्का सहित कुल १ सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । अमेरिकाबाट क्रिकेट खेल्ने तयारीमा छन् । गतवर्ष उनी अमेरिका लागेका थिए ।

उनले आइपिएल दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबाट खेलेका छन् । सुरुवाती समय दिल्लीबाट घरेलु क्रिकेट खेलेका उनले त्यहाँ राम्रो मौका नपाएपछि पछिल्लो समय उत्तरखण्डबाट खेलेका थिए । चन्दले ७७ प्रथम श्रेणी, १ सय २० लिष्ट ए र ७७ टि२० आई खेलेका छन् ।

प्रथम श्रेणीमा ८ शतक र १६ अर्धशतक सहित कुल ३ हजार ३ सय ७९ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन १ सय ५१ रन छ । लिष्ट ए मा ७ शतक र ३२ अर्धशतक सहित कुल ४ हजार ५ सय ५ रन बनाएका छन् । लिष्ट ए मा ३ शतक र ५ अर्धशतक सहित कुल १ हजार ५ सय ६५ रन जोडेका छन् ।

भारतीय खेलाडीले अन्य देशमा गएर खेल्न पाउदैनन् । तर चन्दले भारतबाट सन्न्यास लिएको हुँदा खेल्न आएका हुन् । लुम्बिनीले तेस्रो विदेशी खेलाडीको रुपमा चन्दलाई सार्वजनिक गरेको हो । आयरल्यान्डका युवा स्टार ह्यारी टेक्टर र दक्षिण अफ्रिकी बायाँ हाते तीव्र गतिकी बलर शड्ली भान सेल्किक पनि लुम्बिनी अल स्टार्समा आवद्ध भएका छन् । लुम्बिनीको मुख्य प्रशिक्षकको रुपमा इंग्ल्यान्डका पिटर ट्रेगो रहेका छन् । नेपाल पुलिसका मुख्य प्रशिक्षक समेत रहेका पूर्व क्रिकेटर मनोज कटवाल साहायक प्रशिक्षकको रुपमा छन् ।

नेपाल टि२० डिसेम्बर २३ देखि १० जनवरीसम्म टियु क्रिकेट मैदानमा हुनेछ । लुम्बिनीले पहिलो खेल फार वेस्ट युनाइटेडसँग खेल्दै सुरुवात गर्नेछ । लुम्बिनीको टोलीमा दीपेन्द्रसिंह ऐरीसँगै अनिल कुमार शाह, कुशल भुर्तेल, गुलशन झा, सागर ढकाल, योगेन्द्रसिंह कार्की, किशोर महतो , तिलकराज भण्डारी, सुनिल धमला, आकाश चन्द र ईशान पाण्डे छन् ।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

विवाद र अपारदर्शीतामा जेलिएको नेपाल टि२० लिग

विवाद र अपारदर्शीतामा जेलिएको नेपाल टि२० लिग

14/09/2022

  • केन्याविरुद्ध तेस्रो खेलमा नेपालको ब्याटिङ सुधारको अपेक्षा

    28/08/2022

  • क्यान अध्यक्ष चन्दलाई आइसीसीको सम्मान

    27/07/2022

  • कतार विश्वकपको उद्घाटन खेल हार्ने पहिलो आयोजक

    21/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.