• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » बंगलादेशमाथि रोमान्चक जित हात पार्दै श्रीलंका सुपर फोरमा

बंगलादेशमाथि रोमान्चक जित हात पार्दै श्रीलंका सुपर फोरमा

02/09/2022

श्रीलंकाले बंगलादेशमाथि दुई विकेटको रोमान्चक जित हात पार्दै टि२० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट अफगानिस्तान समूह विजेता र श्रीलंका दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान बनाएको हो ।

जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकालाई जितको लागि अन्तिम ६ बलमा ८ रन चाहिँएको थियो । स्पिनर मेहदी हसनले पहिलो बलमा एक र दोस्रो बलमा चौका खर्चिएपछि बंगलादेशको सम्भावना टाढिएको थियो । तेस्रो बलमा दुई र अर्को नो बलमा दुई रन खर्चिएपछि बंगलादेश औपचारिक रुपमा बाहिरिएको थियो ।

डेब्यू खेल खेलेका असिथा फ्रेनान्डो ३ बलमा २ चौकासहित १० रनमा अविजित रहँदै सुपर फोर पक्का गराए । श्रीलंकाका ओपनर कुशल मेन्डिसले ३७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । मेन्डिसले चार जीवनदान पाएका थिए ।

कप्तान दासुन शनाका ३३ बलमा ३ चौका र २ छक्कासहित ४५ रनमा आउट भए । स्पिनर महेदी हसनको १८ औं ओभरको पाँचौं बलमा शनाका क्याच आउट भएपछि श्रीलंकाको जित कठिन बनेको थियो ।

बंगलादेशका लागि डेब्यू खेल खेलेका तीव्र गतिका बलर एबादत हसनले ४ ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । तस्किन अहमदले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो ।

बंगलादेशका अफिफ हुसैनले २२ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाए । ओपनर मेहदी हसन मिराजले २६ बलमा २ चौका र २ छक्कासहित ३६ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

कप्तान सकिब अल हसन २४, विकेटकिपर मुश्फिकुर रहिम ४ र महमुदूल्लाह रियाद २७ रनमा आउट भए । मोसाद्देक हसन ९ बलमा ४ चौकासहित २४ रनमा अविजित रहे ।

श्रीलंकाका लेगस्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । चामिका करुणारत्नेले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । दिलशान मदुशनका, महेश थिक्सना र असिथा फ्रेनान्डोले एक एक विकेट लिए ।

समूह ए बाट भारत अपराजित रहँदै सुपर फोरमा पुगेको छ । शुक्रबार हङकङ र पाकिस्तानबीचको विजेता टोली सुपर फोरमा स्थान बनाउनेछ । त्यस्तै समूह बी बाट अफगानिस्तान अपराजित रहँदै यसअघिनै सुपर फोरमा पुगेको थियो ।

 

Share
Tweet

RELATED ARTICLES

  • नेपालको ऐतिहासिक जित: इन्डोनेसियामाथि ३७० रनको फराकिलो विजय, के तपाईं क्रिकेट र सट्टेबाजीको रोमाञ्चमा सामेल हुनुहुन्छ?

    01/07/2025

  • क्रिकेटको रोमाञ्चक जित: अस्ट्रेलियाको शानदार प्रदर्शनले तहल्का! 🏏

    28/06/2025

  • सन्दीपको छलाङले नेपालको गर्व: क्रिकेट र जुवाको रोमाञ्चक संसार!

    26/06/2025

  • क्रिकेटको रोमाञ्च: भारतको ९६ रनको अग्रता, के तपाईं तयार हुनुहुन्छ?

    23/06/2025

  • जुवा र खेलकुदको रोमाञ्चक संसार: क्रिकेट र फुटबलमा सट्टेबाजीको मजा

    22/06/2025

  • नेपालको शानदार जित: क्रिकेटको रोमाञ्च र सट्टेबाजीको उत्साहमा सामेल हुनुहोस्!

    20/06/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.