• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Other Sports » फेन्सिङमा इन्दिरा र जलेन्द्रलाई स्वर्ण

फेन्सिङमा इन्दिरा र जलेन्द्रलाई स्वर्ण

11/10/2022

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगतको फेन्सिङमा तीन स्वर्णको छिनोफानो भएको छ ।

पोखराको ब्याडमिन्टन कभर्डहलमा सोमबार भएको प्रतियोगितमा बागमतीकी शिक्षा नापित, आर्मीकी इन्दिरा पौडेल र सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले स्वर्ण जितेका छन् ।

प्रतियोगितामा बागमती प्रदेशकी शिक्षा नापितले महिला ब्यक्तिगत सावर बिधामा स्वर्ण जितेकी हुन् । बागमतीको लागि नवौंमा उनी स्पर्ण जित्ने पहिलो खेलाडी बनिन् । उनले एपिएफकी उर्मीला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । तेश्रो स्थानमा सेनाका रविना थापा र मनिषा श्रेष्ठ रहिन् ।

इपी महिला ब्यक्तिगततर्फ आर्मीले वर्चस्व जमायो । आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जित्दा सिता पाठक रजतमा खुम्चिईन् । यस्तै सेनाकी पुजन कुमालले कास्य जित्दा अर्को कास्य एपिएफकी जानुका स्याङ्तानले जितिन् ।

पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले आफ्नो प्रदेशका लागि स्वर्ण जिते । उनले बागमतीका संजीप लामालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । सेनाका वीर सिंह शाही र एपिएफका शेरसिंह ऐरीले कास्य पदका चित्त बुझाए ।

बिजयी खेलाडीहरुलाई बागमती प्रदेशका सदसस्य सचिव सूर्यलाल भण्डारी, सुदूरपश्चिम प्रदेशका सदस्य सचिव दीपक सिंह र राष्ट्रिय खेलकुद परिषद्का प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतले पुरस्कृत गरेका थिए । फेन्सिङमा सोमबार तीन स्वर्णको छिनोफानो भएको छ ।

प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरेका थिए । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता रहेको छ ।

विभागीय टोली त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन् ।

फेन्सिङ्ग अन्तरगत ईपी, फोयल र सावर गरी तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता राउण्ड रोविनको आधारमा हुने प्राविधिकले जनाएका छन् ।

नवौं राष्ट्रिय प्रतियोगिताको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले पुरुष क्रिकेटमा जितेको थियो । पुलिसले पुरुष क्रिकेटमा पहिलो स्वर्ण जित्दै स्वर्ण तालिकामा पहिलो स्थान बनाउन सफल भएको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • टीकाराम र सोनुलाई स्वर्ण

    15/04/2023

  • लेब्रोन जेम्स, जसले तोडे ३९ वर्षको रेकर्ड

    09/02/2023

  • विश्वकै उत्कृष्ट उसु खेलाडीमा ३ नेपाली मनोनित

    02/02/2023

  • सबालेन्कालाई पहिलो ग्रान्ड स्लाम

    29/01/2023

  • गण्डकी र एपीएफले जिते टाइगर कप

    29/01/2023

  • तिलोत्तमामा उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता हुने

    11/01/2023

Sport News

लिड्ससँग चेल्सीको लज्जास्पद हार

लिड्ससँग चेल्सीको लज्जास्पद हार

22/08/2022

  • नेदरल्यान्ड्सको विजयी सुरुवात

    22/11/2022

  • बेन्जेमा चम्कँदा रियल म्याड्रिडको जित

    03/02/2023

  • बार्सिलोनामा बस्न मेस्सीले ९ सर्त राखेको बल्ल खुलासा !

    25/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.