• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » न्युजिल्यान्डमाथि भारतको रोमान्चक जित

न्युजिल्यान्डमाथि भारतको रोमान्चक जित

30/01/2023

भारतले दोस्रो तथा अन्तिम टि२० आई खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतको जितमा सूर्यकुमार यादव ३१ बलमा १ चौकासहित २६ रनमा अविजित रहे । हार्दिक पान्ड्या २० बलमा १ चौकासहित १५ रनमा अविजित रहे । पाँचौं विकेटका लागि हार्दिक र सूर्यले ३२ बलमा ३१ रनको साझेदारी गर्दै रोमान्चक जित दिलाए ।

भारतलाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँएको थियो । तीव्र गतिका बलर ब्लेयर टिकनरले पहिलो पहिलो बलमा हार्दिक पान्ड्यालाई एक रन दिँए । दोस्रो बल सूर्यलाई डट राखे । तेस्रो बलमा कट एण्ड बोल्ड गर्न चुकेका थिए । चौथौ बलमा एक रन दिएपछि दुई बलमा तीन रन चाहिँएको थियो ।

पाँचौं बलमा सूर्यले कभरको माथिबाट चौका हान्दै रोमान्चक जित दिलाए । भारतका ओपनर ईशान किशन ३२ बलमा २ चौकासहित १९ तथा ईशान किशन ९ बलमा २ चौकासहित ११ रनमा आउट भए । राहुल त्रिपाठी १८ बलमा १ चौकासहित १३ रनमा आउट भए । वासिन्टन सुन्दर ९ बलमा १० रनमा रन आउट भए ।

न्युजिल्यान्डका स्पिनर माइकल ब्रेसवेलले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । ईश सोधीले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि लखनऊमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनार २३ बलमा १ चौकासहित सर्वाधिक २० रनमा अविजित रहेका थिए । मार्क च्यापम्यान र माइकल ब्रेसवेलले १४–१४ रन बनाए । अन्य कुनैपनि न्युजिल्यान्डका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
्
चौथो ओभरको तेस्रो बलमा ओपनर फिन एलेन युजभेन्द्र चहलको बलमा ११ रनमा बोल्ड हुन पुगेका थिए । स्पिनर वासिन्टन सुन्दरले डेभन कन्वेलाई ११ रनमै विकेटकिपर ईशान किशनबाट क्याच आउट गराएका थिए । पार्ट टाइम स्पिनर दीपक हुडाले ग्लेन फिलिप्सलाई ५ रनमा बोल्ड गरे ।

कुलदीप यादवले डर्याल मिचेललाई ८ रनमा बोल्ड गरे । मार्क च्यापम्यान २१ बलमा १४ रन बनाउँदै रन आउट भए । भारतका अर्शदीप सिंहले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए ।

कुलदीप यादव, युजभेन्द्र चहल, दीपक हुडा, वासिन्टन सुन्दर र हार्दिक पान्ड्याले १(१ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार अहमदाबादमा हुनेछ ।

 

Share
Tweet

RELATED ARTICLES

  • विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

    20/08/2023

  • भारतको जितले श्रृंखला रोमाञ्चक बराबरीमा

    13/08/2023

  • नेपालले फाइनल खेलमा टस जित्यो

    04/07/2023

  • वेस्ट इन्डिजविरुद्ध नेदरल्यान्ड्सको ऐतिहासिक जित

    27/06/2023

  • बहुप्रतीक्षित खेलमा सम्मानजनक प्रदर्शन

    23/06/2023

  • द एशेज : इंग्ल्यान्डमाथि अष्ट्रेलियाको रोमान्चक जित

    21/06/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.