• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » न्युकासल र म्यानचेस्टर सिटीको रोमान्चक बराबरी

न्युकासल र म्यानचेस्टर सिटीको रोमान्चक बराबरी

22/08/2022

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युकासल युनाइटेड र म्यानचेस्टर सिटीबीच भएको खेल ३-३ को बराबरीमा सकिएको छ । न्युकासलको घरेलु मैदान सेन्ट जेम्सेस पार्कमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि जित दर्ता गर्न सकेनन् ।

 

सिटीका लागि इल्काए गुन्डोगन, एर्लिङ हालान्ड र बर्नार्डो सिल्भाले गोल गर्दा न्युकासलका क्यालम विल्सन, मिगुएल आल्मिरोन र काइरन ट्रीपिएरले १-१ गोल गरे । खेलको पाँचौ मिनेटमा नै सिटीले अग्रता लिएको थियो । सिल्भाको पासमा गुन्डोगनले पेनाल्टी क्षेत्रभित्र बललाई सहजै नियन्त्रणमा लिँदै गोल गरे ।

२८ औं मिनेटमा घरेलु टोली खेलमा फर्कियो । एलन सेन्ट म्याक्सिमिनको क्रसमा आल्मिरोनले गोल गरे । सेन्ट म्याक्सिमिनको क्रसलाई उनले अफसाइड ट्रयाप बिट गर्दै ६ यार्ड बक्स भित्रबाट तिघ्राको सहयोगले गोल गरेका थिए । पहिलो हाफको ६ मिनेट समय बाँकी हुँदा न्युकासलले अग्रता लियो । सेन्ट म्याक्सिमिनको पासमा विल्सनले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको सुरुवातमा न्युकासलले अग्रता दोब्बर पार्यो । ट्रीपिएरले २० यार्ड टाढा प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे । त्यसअघि हालान्डको प्रहार पोस्टमा लाग्दा सिटी बराबरी गर्न चुकेको थियो । तर ४ मिनेटको अन्तरमा दुई गोल गर्दै सिटी खेलमा फर्कियो ।

६० औं मिनेटमा हालान्डले गोल गरे । पेनाल्टी क्षेत्र भित्र बल क्लियर हुन नसक्दा रोड्रीले दिएको बललाई हालान्डले ६ यार्ड बक्स भित्रबाट गोल गरे । ६४ औं मिनेटमा सिल्भाले बराबरी गोल गरे । केभिन डे ब्रुएनको चलाखीपूर्ण पासलाई सिल्भाले नियन्त्रणमा लिँदै सुन्दर फिनिस गरे ।

यस बराबरीसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा छ । टोलीले ३ खेलमा ७ अंक जोडेको छ । न्युकासल ३ खेलमा ५ अंकका साथ छैटौं स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

02/11/2022

  • श्रीलंकालाई एसिया कपको उपाधि

    12/09/2022

  • केनको गोलमा म्यानचेस्टर सिटीको हार

    06/02/2023

  • पाकिस्तानविरुद्धको टी २० सिरिज इंग्ल्याण्डको पोल्टामा

    03/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.