• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » ‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

25/08/2022

स्तरीय क्रिकेटको रङ्गशाला निर्माणका लागि धनगढीमा अघि सारिएको‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउने भएको छ।

सरकारले धनगढीमा रहेको फाप्ला मैदानमा खेलकुदसम्बन्धी पूर्वाधार निर्माण गर्न हालै ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति’ गठन गरेसँगै यो अभियानले आगामी केही वर्षभित्रै सार्थकता पाउने देखिएको हो। धनगढी क्रिकेट एकेडेमीको अगुवाइमा विगतमा आयोजित सुदूरपश्चिमाञ्चल एकेडेमी क्रिकेट कप (एसपिए कप) र धनगढी प्रिमियर लिग (डिपिएल कप) क्रिकेट प्रतियोगिताका संस्करण सञ्चालनसँगै महसुस भएको स्तरीय रङ्गशालाको अभावले यो ड्रिम फाप्ला अभियानलाई अघि बढाउने सोच बनेको थियो।

धनगढी उपमहानगरपालिका–३ को मोहना नदी छेउमा रहेको फाप्ला मैदान झण्डै ३८ बिघा क्षेत्रफलको छ।  एकेडेमीका अध्यक्ष सुभास शाहीले क्रिकेट प्रतियोगिता सञ्चालन गर्दा भएको खेलकुद मैदानको अभावले यो अभियान अघि बढाउने सोच बनेको बताउनुभयो।

“विगतमा धनगढीमा आयोजना भएका एसपिए कप र डिपिएल प्रतियोगिताकै क्रममा फाप्ला मैदानमा क्रिकेट रङ्गशाला निर्माण गर्ने सोचसहित ड्रिम फाप्ला अभियान अघि बढाएका थियौँ”, उहाँले भन्नुभयो, “पछिल्लो पटक सरकारले विकास समिति गठन गरेपछि यो प्रोजेक्ट केही वर्षभित्रै पूरा हुने विश्वासमा छौँ।”

शाहीलाई नेपाल सरकारले ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति’ को अध्यक्षमा नियुक्त गरेको छ। विगतमा धनगढीमा देशकै सर्वाधिक धनराशि पुरस्कारको डिपिएल प्रतियोगिताको आयोजना गरिएको थियो। नेपालको पहिलो फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिता यो डिपिएलको आयोजनापछि प्रतियोगिताले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाएको थियो।

नेपाली क्रिकेट खेलको इतिहासमा पहिलो पटक खेलमै लागेर खेलाडीलाई कमाउने अवसर सिर्जना गर्ने प्रतियोगिता पनि डिपिएलनै हो। डिपिएलमा अक्सर गरेर छनोटमा पर्ने खेलाडीलाई कमाउने अवसर मिलेको थियो। “ड्रिम फाप्लामा पुग्न डिपिएल प्रतियोगिता पनि मुख्य सिँढी थियो”, अध्यक्ष शाहीले भन्नुभयो, “हामीले ड्रिम फाप्लाको सपना देखेका थियौँ, अब सबैको सहयोग प्राप्त भएमा यो अभियान सफलतामा पुग्ने निश्चित छ।”

सरकारले गत वैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आदेशबमोजिम मन्त्रिपरिषद्ले समितिलाई पूर्णता दिइसकेको छ।

सरकारको प्राथमिकता प्राप्त यो आयोजनालाई आगामी तीन वर्षभित्र पूरा गरिसक्ने लक्ष्य लिइएको छ। विकास समिति आदेशमा रङ्गशाला तथा खेलमैदान निर्माणमा मुख्य कार्यकारी भूमिका रहने समिति नौ सदस्यीय हुने व्यवस्था गरिएको जनाइएको छ। विकास समितिलाई उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासहित विभिन्न खेलका पूर्वाधार निर्माणको जिम्मेवारी दिइएको छ।

सुदूरपश्चिमको मुहार फेरिदिने यो अभियानप्रति कांग्रेस नेत्री तथा समाजसेवी आरजु राणा देउवाले चासो राखेर प्राथमिकतामा राख्न पहल गरेसँगै विकास समिति मोडेलमा फाप्ला निर्माण कार्यअघि बढेको अध्यक्ष शाहीले बताउनुभयो।

गठन आदेशअनुसार पहिलो बैठक बसेको मितिले तीन वर्षसम्म समितिको कार्यकाल रहने व्यवस्था गरिएको छ। यदि पूर्वाधार निर्माणको कार्य तोकिएको समयमा सम्पन्न नभएमा समितिको सिफारिसमा सरकारले एक–एक वर्ष गरी दुई पटकसम्म पदावधि थप गर्नसक्ने आदेशमा उल्लेख गरिएको जनाइएको छ।

समितिले क्रिकेट मैदान तथा खेलग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानुनबमोजिम गर्नुपर्ने प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्नेलगायतका जिम्मेवारी पूरा गर्ने जनाइएको छ।

प्रस्तावित फाप्ला क्रिकेट मैदानमा रङ्गशाला बनाउने योजनाले यस क्षेत्रको विकासमा टेवा पुग्ने स्थानीय दीपकबहादुर चन्दले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “खेलक्षेत्रमा यो ठूलै योजना हो भन्ने सुनेका छौँ, यसको कार्यान्वयन हुनसके राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटका गतिविधि बढ्न गई आर्थिक विकास हुने अपेक्षा छ।” फाप्ला मैदानलाई स्तरीय क्रिकेट मैदान बनाउन स्थानीयवासीको सहयोग रहेको उहाँले बताउनुभयो।

सुदूरपश्चिम र खासगरी धनगढीमा क्रिकेट प्रतिको ‘क्रेज’ बढ्दै गए पनि खेल खेल्नस्तरीय खेल मैदानको अभाव रहेको छ। क्रिकेटका गतिविधि बढ्दै जाँदा यस क्षेत्रमा नयाँ खेलाडी जन्मिन थालेका मात्र नभई पछिल्लो दशकमा यो खेलसँग हजारौँ दर्शक जोडिन पुगेको खेलप्रेमीको भनाइ छ। कोरोना भाइरसको महामारीका कारण पछिल्ला तीन वर्षयता भने यो खेलका गतिविधि रोकिएका थिए।

एक दिवसीय र टेष्ट प्रतियोगिताको सट्टा टि–२० क्रिकेट खेलखेल्ने चलन सुरु भएसँगै क्रिकेट खेलप्रति आकर्षण बढेको क्रिकेटर धरम खड्का बताउनु हुन्छ।  “टि–२० प्रतियोगिताले छोटो समयमै खेलप्रेमीलाई मनोरञ्जन दिन्छ, एक दिवसीय र टेष्ट म्याचबाट मनोरञ्जन पाउन लामो समय पर्खिनुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्ला वर्षमा टि–२० क्रिकेट प्रतियोगिता आयोजनाको प्रचलन बढ्दा यो खेल लोकप्रिय बन्दै गएको छ।”

नेपालमा क्रिकेट खेलप्रति बढेको आकर्षणसँगै खेलाडीलाई यो खेलमा लागेर हुने कमाइले सहज जीवनयापन गर्ने वातावरणसमेत बन्न थालेको उहाँले बताउनुभयो। धनगढीमा होटेल सञ्चालन गरिरहनुभएका खड्काले आफ्नो क्रिकेटप्रति लगाव भएकाले नै होटेलको नाम पनि ‘द होटेल क्रिकेट क्लासिक’ राखेको र यसबाट होटेलमै बसेर भए पनि अप्रत्यक्षरुपमा क्रिकेट खेलको प्रवद्र्धन गर्न टेवा पुगिरहेको बताउनुभयो।

प्रदेश सरकारले युवाको क्रिकेटप्रति बढ्दै गएको रुचिलाई सम्बोधन गर्न विगतमा प्रदेशको गौरवको योजनाका रुपमा फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय खेलकुद केन्द्र (स्पोट्र्स सेन्टर) को रुपमा विकास गर्न प्राथमिकता पनि दिएको  थियो तर फाप्ला मैदानको स्वामित्व हस्तान्तरण हुन नसकेको कारण योजना कार्यान्वयनमा आउन सकेको थिएन।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

फिफा विश्वकपको ट्रफि कस्ले बनायो?

फिफा विश्वकपको ट्रफि कस्ले बनायो?

15/11/2022

  • पुबुदुलाई स्वागत

    26/07/2022

  • पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा

    26/10/2022

  • नेपाललाई भारत र पाकिस्तानसँग खेल्ने अवसर

    07/01/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.