• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » डर्टमुण्डको सानदार जित

डर्टमुण्डको सानदार जित

05/02/2023

जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुण्डले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा डर्टमुण्डले १० खेलाडीमा समेटिएको फ्रेइवर्गलाई ५–१ को भारी गोल अन्तरले पराजित गरेको हो ।

सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुण्डको जितमा निको स्लाटरबेक, करिम एडियमी, सेवास्टिन हालेर, जुलियन ब्रान्ड्ट र जियोभानी रेनाले गोल गरे । फ्रेइवर्गका लुकास होलेरले एक गोल फर्काए ।

खेलको १७औं मिनेटमा नै पाहुना टोली १० खेलाडीमा समेटिन पुगेको थियो । किलिएन सिलडिया दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । २६औं मिनेटमा निको स्लाटरबेकले गोल गर्दै डर्टमुण्डलाई १–० को अग्रता दिलाए ।

४५औं मिनेटमा लुकास होलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफमा भने डर्टमुण्डले खेलमा पकड जमाउँदै चार गोल थप्न सफल भयो ।

४८औं मिनेटमा करिम एडियमीले गोल गर्दै डर्टमुण्डलाई खेलमा २–१ ले अघि बढाए । उनले जुड बेलिङहमको पासमा गोल गर्न सफल भएका थिए ।

५१औं मिनेटमा सेवास्टिन हालेरले गोल गरेपछि डर्टमुण्ड सहज जिततर्फ अग्रसर बन्यो । टेस्टिकुल क्यान्सरबाट निको भएपछि तीन साताअघि खेलमा फर्किएका वेस्ट ह्याम युनाइटेडका पुर्व फरवार्डले पहिलो गोल गर्न सफल भएका हुन् ।

एर्लिङ ब्राउट हालान्डको प्रतिस्थापनको रुमा डर्टमुण्डले अनुबन्ध गरेको केही दिनपछि नै उनलाई क्यान्सर पुष्टि भएको थियो । त्यसपछि उनको दुई शल्यक्रिया गरिएको थियो । २८ वर्षीय हालेरको गत नोभेम्वरमा चार राउण्ड केमो थेरापी र शल्यक्रिया गरिएको छ ।

‘म पहिलो दिनदेखि नै यो क्षणको लागि पर्खिरहेको छु । जब मैले गोल गरें, सम्पूर्ण स्टेडियममा आगो लागेको जस्तो लाग्यो ।’ हालेरले भने, ‘म खुसी छु, तर बाटो अझै लामो छ, त्यसैले हामी हिँडिरहनेछौं र थप लक्ष्यहरूको लागि आशा राख्नेछौं ।’

हालेर जनवरी २२ मा अग्सबर्गविरुद्धको घरेलु लिगमा ४–३ को जित निकालेको खेलबाट मैदान फर्किएका थिए । ६९औं मिनेटमा जुलियन ब्रान्ड्टले गोल गरेपछि डर्टमुण्ड खेलमा ४–१ ले अघि बढ्यो ।

७७औं मिनेटमा फ्रेइवर्गका प्रशिक्षक क्रिस्टियन दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाएर टचलाइन छाड्न बाध्य बने । ८२औं मिनेटमा जियोभानी रेनाले गोल गर्दै डर्टमुण्डलाई ५–१ को सानदार जित दिलाए ।

यस जितसँगै डर्टमुण्ड १९ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित फ्रेइवर्ग ३४ अंक जोडेर छैटौं स्थनमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

साबा महिला बास्केटबलमा नेपाल फेरि दोस्रो

साबा महिला बास्केटबलमा नेपाल फेरि दोस्रो

29/09/2022

  • पोर्चुगलको विजयी सुरुवात

    25/11/2022

  • लिड्ससँग युनाइटेडको रोमाञ्चक बराबरी

    09/02/2023

  • इंग्ल्यान्ड सहज जितसँगै क्वाटरफाइनलमा

    05/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.