• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » टुचेललाई प्रतिबन्ध, कोन्टेलाई जरिवाना मात्र

टुचेललाई प्रतिबन्ध, कोन्टेलाई जरिवाना मात्र

20/08/2022

एजेन्सी – चेल्सीका प्रशिक्षक थोमस टुचेललाई टोटेनहम हट्सपरका प्रशिक्षक एन्टोनियो कोन्टेसँग खेलका दौरान भएको विवादलाई लिएर एफएले कारवाही गर्ने भएको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत गत आइतबार चेल्सी र टोटेनहमबीचको खेल मैदानभित्रको नतिजाभन्दा बढी मैदानबाहिर दुई प्रशिक्षकबिचको विवादका कारण चर्चामा आयो । चेल्सीका प्रशिक्षक थोमस टुचेल र स्पर्सका एन्टोनियो कोन्टे खेल दौरान र खेलपछि एक अर्काविरुद्ध भनाभनमा उत्रँदा खेलको माहोल तनावग्रस्त भएको थियो ।

एफएले टुचेललाई एक खेल प्रतिबन्ध तथा ३५ हजार पाउन्ड जरिवाना लगाएको छ । त्यस्तै कोन्टेले भने १५ हजार पाउन्ड मात्र तिर्नुपर्ने छ । टुचेलको प्रतिबन्ध यसै साताको खेलमा भने लागु हुने छैन । लिखित रुपमा पूर्ण कारवाही आएपछि चेल्सीले त्यसलाई अपिल गर्न पाउने हुनाले लिड्सविरुद्ध टुचेल टचलाइनमा रहनेछन् ।

टोटेनहमसँगको खेलमा चेल्सीले दुई पटक अग्रता लिएपनि जित दर्ता गर्न सकेन । दोस्रो हाफको ६९ औं मिनेटमा टोटेनहमले बराबरी गोल गरेपछि कोन्टेले खुसियाली मनाउने क्रममा टुचेल फोर्थ अफिसियलसामु गोलप्रति असन्तुष्टि जनाइरहेका थिए । यसक्रममा दुवै प्रशिक्षकबीच भनाभनको अवस्था सिर्जना भयो । रेफ्रीले दुवैलाई पहेंलो कार्ड दिए ।

त्यसपछि चेल्सीले रिस जेम्सको गोलमा अग्रता लिँदा टुचेलले स्पर्सको बेन्च अगाडिबाट कुद्दै आफ्नो समर्थकसम्म झन्डै ५० मिटर कुदेर खुसी मनाए । सामान्यतया यस अवस्थामा रेफ्रीले पहेंलो कार्ड दिनुपर्ने भएपनि खेलको तनावका कारण रेफ्रीले त्यसो गरेनन् ।

खेलको इन्ज्युरी समयमा स्पर्सले कर्नर लिने क्रममा क्रिस्टियन रोमेरो र मार्क कुकुरेलाबीच पेनाल्टी क्षेत्रभित्र तानातान भयो । यसबेला रोमेरोले कुकुरेलाको कपाल ताने तर रेफ्रीले फल दिएनन् । त्यसपछि आएको कर्नरमा ह्यारी केनले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच पुन: भनाभन भयो । हात मिलाउने क्रममा एक अर्कासँग भनाभन हुँदा दुवै टोलीका अफिसियल र प्रशिक्षक नै उनीहरुलाई छुट्टयाउन आउनुपर्यो । रेफ्री एन्थोनी टेलरले यसपटक भने दुवैलाई रातो कार्ड दिए ।

पोस्ट म्याचमा दुवै प्रशिक्षकले यस घटनाबारे खुलेर बोल्न चाहेनन् । टुचेलले खेलका दौरान यसो हुने भएपनि रेफ्रीको कमजोरीका कारण चेल्सी जितबाट बन्चित भएको बताए । ‘हामी प्रशिक्षकबीच जे भयो, त्यसो हुनु जरुरि थिएन । तर खेल दौरान अन्य धेरै कुरा जरुरि थिएन । रेफ्रीले निर्णय ठिक दिएनन् । भीएआर हुँदा पनि यस्तो गल्ति कसरि हुन सक्छ,’ टुचेलले भने ।

यता कोन्टेले भने प्रशिक्षकको झगडाको विषय खेलभन्दा महत्त्वपूर्ण नरहेको बताए । ‘हामी अब खेलको कुरा गरौं । प्रशिक्षकबीच जे भयो, त्यो सकियो । आजको खेलमा हामीले १ अंक जोड्यौं । पछिल्लो सिजन हामी यहाँ असफल भएका थियौं । आज सुधार गर्दै १ अंक जोड्नु राम्रो हो,’ उनले भने ।

आइतबार राती नै कोन्टेले सामाजिक सन्जाल इन्स्टाग्राममा भने घटनालाई लिएर व्यंग्य गरे । टुचेल दोस्रो गोलको खुसी मनाउने क्रममा आफ्नो बेन्च अघिबाट गएको थाहा नपाएको जनाउँदै उनले भिडियो पोस्ट गरेर लेखे, ‘मजा आउँथ्यो यदि मैले थाहा पाएर लडाएको भए ।’

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

  • रियलको पुनरागमन जित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.