• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » जर्मनी र स्पेनको रोमान्चक बराबरी

जर्मनी र स्पेनको रोमान्चक बराबरी

28/11/2022

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को खेलमा स्पेन र जर्मनीले रोमान्चक बराबरी खेलेका छन् । अल बेयत रंगशालामा आइतबार भएको खेल १-१ को बराबरीमा सकियो ।

स्पेनले खेलको दोस्रो हाफमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । दुवै टोलीका लागि वैकल्पिक फरवार्डले गोल गरेका थिए । स्पेनका अल्भारो मोराटाले अग्रता दिलाउँदा जर्मनीका लागि निकलास फुलक्रुगले बराबरी गोल फर्काए ।

खेलको सुरुवातबाटै बल पोसेसन राख्दै खेलेको स्पेनका लागि छैटौं मिनेटमा अग्रता लिने प्रयासमा क्रसबार बाधक बन्यो । ड्यानी अ‍ोल्मोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक म्यानुएल नोएरले छेक्दापनि क्रसबारमा लागेर बाहिरियो ।

खेलको ४० अ‍ौं मिनेटमा जर्मनीले गोल गरेपनि त्यसले मान्यता पाएन । एनेटोनियो रुडिगरले फ्रिकिकमा हेडरमार्फत गोल गरेपनि उनी अफसाइड रहेको भिएआरमा देखिएको थियो ।

५६ अ‍ौं मिनेटमा स्पेनले आफ्नै पेनाल्टी क्षेत्रभित्र बल गुमाउँदा जर्मनीले अग्रता लिने अवसर पाएको थियो । तर लगातार पासपछि जोशुवा किम्मिखको अन्तिम प्रहार गोलरक्षक उनाइ सिमोनले विफल पारे ।

६२ अ‍ौं मिनेटमा स्पेनले वैकल्पिक फरवार्ड अल्भारो मोराटाको गोलमा अग्रता लियो । जोर्डी अल्बाको क्रसमा मोराटाले ६ यार्ड बक्सको अगाडिबाट गोल गरे । उनले गोलरक्षक नोएर र डिफेन्डर निकलास सुलको बिचमा पसेर फिनिस गरेका थिए ।

८३ अ‍ौं मिनेटमा जर्मनीले बराबरी गोल फर्कायो । स्पेनले आफ्नै हाफमा बल गुमाएपछि काउन्टरमा जर्मनीका लागि निकलास फुलक्रुगले गोल गरे । उनले जााल मुसियालाले नियन्त्रणमा लिएको बलमा पेनाल्टी क्षेत्रको ठिक भित्रबाट शक्तिशाली प्रहार गर्दै स्कोर बराबरीमा ल्याए ।

यस समूहमा अब चारै टोलीको अघि बढ्ने सम्भावना रहेको छ । स्पेन ४ अंकसहित शीर्ष स्थानमा छ । जापान र कोस्टारिकाको ३-३ अंक तथा जर्मनी पुछारमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

Sport News

श्रेष्ठ र तामाङलाई राखेपको बधाईं

श्रेष्ठ र तामाङलाई राखेपको बधाईं

05/08/2022

  • दोस्रो उमा राष्ट्रिय कराते सुरु

    04/01/2023

  • नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज

    14/10/2022

  • केन्यासँग नेपाल १८ रनले पराजित

    27/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.