• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » ग्रिजमनको निर्णायक गोलमा एट्लेटिको म्याड्रिडको रोमाञ्चक जित

ग्रिजमनको निर्णायक गोलमा एट्लेटिको म्याड्रिडको रोमाञ्चक जित

08/09/2022

खेलको इन्ज्युरी समयमा तीन गोल निस्कदा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको पोर्चुगिज क्लब एफसी पोर्टाेलाई २–१ ले पराजित गरेको हो ।

एट्लेटिकोको जितमा मारियो हर्माेसो र एन्टोइन ग्रिजमनले गोल गरे । पोर्टाेका मेटेअस युरिवेले एक गोल फर्काए । वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको ५०औं मिनेटमा कोकीले गोल गरेपनि गोलले मान्यता नपाउँदा घरेलु टोली अग्रता लिनबाट चुक्यो । ८१औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटिन पुग्यो ।

मेदी तारेमी दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिकोलाई केही सहज भयो । तर, बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर तीन गोल सम्भव हुँदा एट्लेटिको विजयी हुन सफल भयो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मारियो हर्माेसोले एन्जल कोरेआको पासमा गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए ।

इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा मेटेअस युरिवेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा एन्टोइन ग्रिजमनले एक्सले विस्टेलले गोल गर्दै एट्लेटिकोलाई २–१ को रोमाञ्चक जित दिलाए । यही समूहको अर्काे खेलमा बेल्जियन क्लब ब्रुगले जर्मन क्लब बायर लिभरकुसनलाई १–० ले पराजित गरेको छ ।

क्लब ब्रुगको जितमा एवाकर स्यालाले ४२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस नतिजासँगै समान ३ अंक जोडेपनि गोलअन्तरमा एट्लेटिको शीर्षस्थानमा तथा क्लब ब्रुग दोस्रो स्थानमा छ ।

अंक विहीन पोर्टाे तेस्रो तथा बायर लिभरकुसन पुछारमा छ ।

नतिजा समूह ‘ए’ – आयाक्सविरुद्ध रेन्जर्स (४–०) र नेपोलीविरुद्ध लिभरपुल (१–४)

समूह ‘बी’ – एट्लेटिको म्याड्रिडविरुद्ध एफसी पोर्टाे (२–१) र क्लब ब्रुगविरुद्ध बायर लिभरकुसन (१–०)

समूह ‘सी’ – बार्सिलोनाविरुद्ध भिक्टोरिया प्लेजेन (५–१) र इन्टर मिलानविरुद्ध बायर्न म्युनिख (०–२)

समूह ‘डी’ – फ्रान्कफुर्टविरुद्ध स्पोर्टिङ लिस्वन (०–३) र टोटेनहमविरुद्ध मार्से (२–०)

Share
Tweet

RELATED ARTICLES

  • जुवा र खेलकुदको रोमाञ्च: चेल्सी क्लब विश्वकपको क्वार्टरफाइनलमा, सट्टेबाजीमा कसरी जित्ने?

    29/06/2025

  • रोनाल्डोको जोश: ४२ वर्षसम्म फुटबलको मैदानमा कायम रहने सपना!

    27/06/2025

  • जुवा र खेलकुदको रोमाञ्चक संसार: डर्टमुण्डको क्लब विश्व कप यात्रा

    26/06/2025

  • जुवा र खेलकुदको रोमाञ्चक संसार: रियल मड्रिडको १० खेलाडीको शानदार जित!

    23/06/2025

  • फुटबलको रोमाञ्चमा रमाउनुहोस्: sartplay.com र sart88.com मा सट्टेबाजीको उत्साह

    22/06/2025

  • फुटबल र क्रिकेटको रोमाञ्च: सट्टेबाजीको मजा sartplay.com र sart88.com मा

    22/06/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.