• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » केन्याविरुद्ध तेस्रो खेलमा नेपालको ब्याटिङ सुधारको अपेक्षा

केन्याविरुद्ध तेस्रो खेलमा नेपालको ब्याटिङ सुधारको अपेक्षा

28/08/2022

नेपालले तेस्रो टि२० आई खेलमा आज केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा नैरोबीमा रहेको जिमखाना क्रिकेट क्लब ग्राउन्डमा सुरुहुनेछ । पाँच टि२० आई खेलको सिरिज १–१ को बराबरीमा छ ।

नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । ओपनर पवन सरार्फलाई नेपालले आज बेन्चमा राख्दै ज्ञानेन्द्र मल्ल र वा देव खनाललाई ओपनिङ गराउन सक्छ । पवन पहिलो खेलमा १ र दोस्रो खेलमा १९ रनमा आउट भएका थिए ।

दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र आरिफ शेख मध्यक्रमका प्रमुख हतियार हुन् । यी तीन ब्याटर चल्न सकेका छैनन् । यी तीन ब्याटरबाट नेपाल ठूलो इनिङ चाहन्छ । स्पिनर बसिर अहमदलाई बेन्चमा राख्दै नेपालले विकेटकिपर अर्जुन साउदलाई डेब्यू दिनसक्छ । बसिरको स्थानमा विवेक यादव अर्का विकल्प हुन् । साउद आक्रामक ब्याटिङ गर्नेगर्दछन् ।

तीव्र गतिका बलरमा सोमपाल कामी र करण केसीले निरन्तरता पाउनेछन् । सोमपाल र करणबाट नेपाल ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन चाहन्छ । स्पिनरमा सन्दीप लामिछानेलाई दीपेन्द्रसिंह ऐरीले साथ दिनेछन् । आदिल अन्सारी ब्याटिङ अलराउन्डरको रुपमा खेल्नेछन् ।

नेपाली ब्याटरले सट छनोटमा विशेष ध्यादिनुपर्ने हुन्छ । जिम्मेवारी लिएर खेल्नुपर्ने हुन्छ । गैरजिम्मेवारी ब्याटिङ ठूलो समस्याको रुपमा रहँदै आएको छ ।

दोस्रो खेलमा रकिब पटेल २५ बलमा ३५ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । केन्याका लुकास ओलुओच विष्फोटक ब्याटिङ गर्न सक्छन् । पहिलो खेलमा उनले १२ बलमा ३१ रन जोडेका थिए । किकेटकिपर इफरान करिम, सचिन भुडिया र नहेमायाह ओधिआम्बो केन्याका राम्रा ब्याटर हुन् ।

बलरमा दोस्रो खेलमा नेपाललाई हराउन इमानुएल बुन्डी, लुकास र विरज पटेलले दुई दुई विकेट लिएका थिए । केन्याले घरेलु मैदान र कन्डिसनको फाइदा उठाउँदै सिरिजमा अग्रता लिन चाहन्छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख(विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव ।

केन्या र नेपालबीचको खेल तालिका

तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)

चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)

पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)

तीन एकदिवसिय अभ्यास खेल

पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)

दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)

तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

फ्रान्सको विश्वकप टोली घोषणा

फ्रान्सको विश्वकप टोली घोषणा

10/11/2022

  • एमबाप्पे चम्कँदा फ्रान्सको सानदार जित

    25/03/2023

  • एन्सेलोटी युइएफए वर्ष प्रशिक्षक घोषित

    26/08/2022

  • पोर्चुगललाई हराएर स्पेन फाइनल फोरमा

    28/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.