• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Other Sports » कश्मीर पुगेर स्वर्ण जित्ने तेक्वान्दो खेलाडी सम्मानित

कश्मीर पुगेर स्वर्ण जित्ने तेक्वान्दो खेलाडी सम्मानित

29/07/2022

रोल्पा — भारतको जम्मु-कश्मीरमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो खेल प्रतियोगितामा स्वर्ण पदक पाउने नेपाली खेलाडीलाई उनी पढेको विद्यालयले सम्मान गरेको छ ।

 

अघिल्लो महिना कश्मीर इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा जित हासिल गरेका लिबाङस्थित बालकल्याण नमुना माविका पूर्वविद्यार्थी वीरेन्द्र डाँगीलाई विद्यालयमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

उनले भारतमा हालै आयोजित ५४ केजी समूहमा स्वर्ण पदक हासिल गरेका थिए । उनले यसअघि पनि इन्डो–नेपाल इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप प्रतियोजितामा रजत पदक प्राप्त गरेका थिए । नेपालमा राष्ट्रियस्तरका दर्जनौं खेलमा वीरेन्द्रले सहभागी भई थुप्रै पदक पाएका छन् ।

उनले काठमाडौं मेयर कप प्रतियोगितामा रजत पदक, उपराष्ट्रपति कप प्रतियोगितामा कांस्य पदक पाएका थिए । २०७३ सालदेखि खेल्न थालेका उनीसँग ब्ल्याक बेल्ट सेकेन्ड डन दक्षता छ ।

रोल्पा सदरमुकाम लिबाङस्थित बालकल्याण माविबाट उनले २०७६ सालको एसईई उत्तीर्ण गरेका थिए । उनी अहिले दाङको घोराहीस्थित इमेज इन्जिनियरिङ कलेजमा अमिन विषय अध्ययनरत छन् । खेल क्षेत्रमै चासो र सफलता पाएकोमा उनको जन्म गाउँ त्रिवेणी गाउँपालिकाले उनलाई सम्मान समेत गरेको छ । भारतमा पुगेर खेल जित्नेमा रोल्पा थबाङका अर्का खेलाडी रिमोट झाँक्री मगर पनि हुन् ।

उनका काका अर्जुन डाँगीले वीरेन्द्रले आफ्नै खर्चमा खेल प्रतियोगितामा भाग लिएको बताए । ‘राष्ट्रपति कपबाहेक सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा भाग लिँदा आफ्नै लगानी लागेको छ,’ उनले भने, ‘सफलता पनि प्राप्त भएको छ । यसरी खेल खेल्दा लाखौं खर्च भइसकेको छ ।’

खेलप्रति अत्यधिक रुचि भएकाले परिवारले पनि साथ दिँदै आएका छन् । उनका बाआमाले लिबाङमा होटेल चलाएर खेल खेल्दा र पढ्दा लाग्ने खर्च जुटाउँदै आएका छन् । वीरेन्द्रका बुबा गोकर्णले छोराले खेलप्रति चासो राखेकाले सहयोग गर्दै आएको बताए ।

तर थुप्रै खेलमा भाग लिएका खेलाडी वीरेन्द्रले भने खर्च गरेरै आफै खेलमा सहभागी हुने गरेको बताए । उनी गुनासो गर्छन्, ‘भन्ने त राष्ट्रका लागि खेल खेल्नुपर्छ भन्ने भनाइ छ, तर राष्ट्रले किन हेर्दैन ?’

खेल क्षेत्रमै लागेर यसैबाट मुलुकको नाम चम्काउने उनको उद्देश्य छ । तर आफूजस्तै खेलाडी समस्यासँग जुध्न नसकी पलायन भएको देख्दा उनको मन दुःख्छ । खेल क्षेत्रमा लागेका पूर्वविद्यार्थी वीरेन्द्रलाई सम्मान गर्न पाउँदा खुसी लागेको बाल कल्याण माविका प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताए । अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक जितेर विद्यालयको शिर ठाडो पारेकोमा सम्मान गरिएको उनले बताए ।

Share
Tweet

RELATED ARTICLES

  • टीकाराम र सोनुलाई स्वर्ण

    15/04/2023

  • लेब्रोन जेम्स, जसले तोडे ३९ वर्षको रेकर्ड

    09/02/2023

  • विश्वकै उत्कृष्ट उसु खेलाडीमा ३ नेपाली मनोनित

    02/02/2023

  • सबालेन्कालाई पहिलो ग्रान्ड स्लाम

    29/01/2023

  • गण्डकी र एपीएफले जिते टाइगर कप

    29/01/2023

  • तिलोत्तमामा उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता हुने

    11/01/2023

Sport News

अन्तर्राष्ट्रिय फुटबलबाट हाजार्डको सन्यास

अन्तर्राष्ट्रिय फुटबलबाट हाजार्डको सन्यास

08/12/2022

  • म्यानचेस्टर बराबरीमा रोकियो

    13/03/2023

  • एशिया कप क्रिकेटको सुपर फोरमा श्रीलंका विजयी

    10/09/2022

  • स्टोइनिसको कीर्तिमानी ब्याटिङ

    26/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.