• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

16/04/2023

कप्तान बाबर आजमको उत्कृष्ट शतकमा पाकिस्तानले दोस्रो टि२० आई खेलमा न्युजिल्यान्डलाई ३८ रनले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै घरेलु टोली पाकिस्तानले पाँच टि२० आई खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । न्युजिल्यान्डका मार्क च्यापम्यानले ४० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रनमा अविजित रहे । अन्य कुनैपन ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर तथा कप्तान टम लाथम १९, चाद वोवेस २६, विल योंग र डर्याल मिचेल ९–९ रनमा आउट भए । पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । शादब खान, इमाद वासिम र जमान खानले समान एक एक विकेट लिए ।

त्यसअघि गद्धाफी स्टेडियम लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । पाकिस्तानका कप्तान बाबर आजम ५८ बलमा ११ चौका र ३ छक्कासहित १ सय १ रनमा अविजित रहे ।
उनले जेम्श निसमलाई अन्तिम दुई बलमा लगातार चौकाका साथ शतक पूरा गरेका थिए ।

बाबरको यो टि२० आई करिअरको तेस्रो शतक हो । अर्का ओपनर मोहम्मद रिजवान ३४ बलमा ६ चौका र १ छक्कासहित ५०, इमाद वासिम दुई, फखार जमान र सैम अयुब डक आउट भए ।

पहिलो विकेटका लागि बाबर र मोहम्मद रिजवानले १०.४ ओभरमा ९९ रनको साझेदारी गरेका थिए । इफ्तिखर अहमद १९ बलमा १ चौका र ३ छक्कासहित ३३ रनमा अविजित रहे ।

न्युजिल्यान्डका म्याट हेनरीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । नसिम शाह र रचिन रविन्द्रले समान एक विकेट लिए । पहिलो खेलमा पाकिस्तान ८८ रनले विजयी भएको थियो । अव तेस्रो खेल सोमबार, चौथो खेल बिहीबार र पाँचौं खेल सोमबार हुनेछ ।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

  • पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

    25/03/2023

Sport News

इन्टर मिलान र युभेन्ट्स पराजित

इन्टर मिलान र युभेन्ट्स पराजित

19/09/2022

  • फिफा विश्वकप २०२२ – गोल्डेन बुटको दौडमा को अघि ?

    09/12/2022

  • अन्तर्राष्ट्रिय फुटबलबाट बेन्जेमाको सन्यास

    20/12/2022

  • साफमा पहिलो खेलमा पराजित

    04/02/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.