एशिया कपको सुपर चारमा आज भारत र श्रीलंकाबिच खेल हुँदैछ ।
यो खेल भारतको लागि गर या मरको स्थिति रहेको छ ।
यदी आज भारत श्रीलंकासँग पराजित भएमा फाइनलको दौडबाट बाहिर हुनेछ ।
त्यस्तै श्रीलंका सुपर चारमा दोस्रो जितको खोजिमा रहेको छ ।
लगातार दोस्रो जित निकालेमा श्रीलंका फाइनल पुग्ने लक्ष्यलाई बलियो बनाउनेछ ।
उसले सुपर चारको पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।
त्यसैले आजको खेलमा भारत बढी दबाबमा रहनेछ ।
भारत यसअघि सुपर चारमा पाकिस्तानसँग पराजित भएको थियो ।
भारत र श्रीलंकाबिचको खेल दुबईस्थित दुबई अन्तराष्ट्रिय स्टेडियमा हुने छ ।
दुवै टोलीको सम्भावित प्लेइङ इलेभेन
भारत ( रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, दिनेश कार्तिक, आर अश्विन, भुवनेश्वर कुमार, रवि बिश्नोई, र अर्शदीप सिंह।
श्रीलंकाः पाथुम निसान्का, कुसल मेन्डिस (विकेटकिपर), चरित अस्लान्का, दनुष्का गुनाथिलका, भानुका राजपाक्षे, वानिन्दु हसरंगा, दासुन शानाका (कप्तान), चमिका करुणारत्ने, महेश टिक्षा, दिलशान मदुशंका, असिथा फर्नान्डो।