• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » एमेरीले डेब्यु खेलमा म्यानचेस्टर युनाइटेडलाई हराए

एमेरीले डेब्यु खेलमा म्यानचेस्टर युनाइटेडलाई हराए

07/11/2022

एस्टन भिल्लाका नवनियुक्त प्रशिक्षक उनाइ एमेरीले जिम्मेवारी लिएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडलाई हराएका छन् । घरेलु मैदान भिल्ला पार्कमा एस्टन भिल्लाले ३-१ को जित दर्ता गरेको हो ।

सन् १९९५ यता घरेलु मैदानमा पहिलो पटक म्यानचेस्टर युनाइटेडलाई हराउने क्रममा टोलीले पहिलो ११ मिनेटमै २-० को अग्रता बनाएको थियो । खेलको सातौं मिनेटमा नै लिओन बेलीले अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक डेविड डे हेयाले बचाउन सकेनन् ।

११ औं मिनेटमा लुकास डीग्नेले गोल गर्दै अग्रता दोब्बर पारे । २५ यार्ड टाढाबाट लुकासले प्रहार गरेको फ्रिकिक सिधै गोल भएको थियो । पहिलो हाफको अन्त्यतिर लुक शाले गोल गर्दै खेलमा फर्कने संकेत दिए । उनको पेनाल्टी क्षेत्र बाहिरको प्रहार जेकाब राम्जीलाई लाग्दै गोल भएको थियो । त्यसअघि भिल्लाका गोलरक्षक एमि मार्टिनेजले केहि सुन्दर बचाउ गरे ।

दोस्रो हाफको सुरुवाती समयमा नै भिल्लाले २ गोलको अग्रता कायम गर्यो । ओली वाटकिन्सको पासमा राम्जीले गोल गर्दै घरेलु टोलीलाई बलियो स्थितिमा पुर्याए । खेलको अन्त्यतिर युनाइटेडको कप्तानी गरिरहेका क्रिस्टियानो रोनाल्डो र डिफेन्डर टाइरन मिन्ज्सबीच हात हालाहालको स्थिति बनेको थियो । तर रेफ्रीले दुवैलाई चेतावनी दिँदै पहेलो कार्ड देखाए ।

स्टिभन जेरार्डलाई बर्खास्त गरेपछि भिल्लाले एमेरीलाई प्रशिक्षकमा नियुक्त गरेको हो । यस जितसँगै टोलीले रेलिगेसन क्षेत्र छाड्दै १३ औं स्थानमा उक्लेको छ । भिल्लाको १४ खेलमा १५ अंक छ । युनाइटेड १३ खेलमा २३ अंक जोड्दै पाँचौ स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

  • रियलको पुनरागमन जित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.