• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » इन्ज्युरी समयको गोलमा इरानले वेल्सलाई हरायो

इन्ज्युरी समयको गोलमा इरानले वेल्सलाई हरायो

26/11/2022

खेलको अन्तिम समयमा दुई गोल गर्दै फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी को खेलमा इरानले वेल्सलाई २-० ले पराजित गरेको छ ।

खेल अवधिभर आक्रमक देखिएको इरान विरुद्ध गोलरक्षक वायन हेनेसी पटक पटक बाधक बनेका थिए ‌‌। इरानको दुई प्रहार पोस्टमा पनि लागेको थियो । तर अन्त्यतिर हेनेसी रातो कार्ड खाँदै बाहिरिएपछि इरानले इन्ज्युरी समयमा त्यसको फाइदा उठाउँदै दुई गोल गर्यो ।

१२ औं मिनेटमा वेल्सको अग्रता लिने प्रयासमा गोलरक्षक होसेनी बाधक बने । कनर रोबर्ट्सको क्रसमा किएफर मुरको प्रहारलाई उनले पोइन्ट ब्लान्क रेन्जबाट बचाए । १५ औं मिनेटमा इरानले गोल गरेपनि त्यसले मान्यता पाउन सकेन । सरदार अजमौनले दिएको पासमा अली घोलीजादेहले गोल गरेपनि उनी खाली पोस्टमा प्रहार गर्नुअघि अफसाइड रहेको देखिएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा पुन: अजमौनकै पासमा इरानले अग्रता लिन सकेन । पेनाल्टी क्षेत्रभित्र उनले दिएको बललाई अहमद नुरल्लाहीले गोल गर्न सकेनन् । त्यसपछि उनले लामो दुरीबाट गरेको प्रहार गोलरक्षक वायन हेनेसीले बचाए ।

दोस्रो हाफको सुरुवातमा इरान पुन: अग्रता लिनबाट चुक्यो । लगातार दुई पटक पोस्ट बाधक बन्दा इरान अघि बढ्न सकेन । अजमौनले वन भर्सेस वनमा गरेको प्रहार पोस्टमा लागेर फर्केपछि घोलीजादेहले पेनाल्टी क्षेत्र‌बाहिरबाट गरेको शक्तिशाली प्रहार पनि पोस्टमै लाग्यो । उक्त रिबाउन्डमा अजमौनको प्रयास गोलरक्षक हेनेसीले बचाए ।

७३ अ‍ौं मिनेटमा पुन: एकपटक हेनेसीले खेल बराबरीको अवस्थामा राखे । साइद एजातोलाहीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार उनले दायाँतर्फ डाइभ दिँदै पोस्टबाट बाहिर राखे ‌।

८४ अ‍ौं मिनेटमा वेल्सको प्रयासमा गोलरक्षक होसेनी बाधक बने । बेन डेभिसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई क्रसबार माथि पठाए ।

८६ अ‍ौं मिनेटमा वेल्स १० खेलाडीमा समेटियो । गोलरक्षक वायन हेनेसीले पेनाल्टी क्षेत्र बाहिर बल रोक्ने प्रयासमा इरानका फरवार्डलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिँदै रातो कार्ड दिए । वैकल्पिक गोलरक्षक ड्यानी वार्डले त्यसपछि आरोन राम्जीको स्थान लिए । लगत्तै मेहदी तोराबीको प्रहार पोस्टबाट बाहिरियो ।

इन्ज्युरी समयमा रुज्बेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाए । उनले थप गरिएको नवौं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बटम कर्नरमा गोल भएको थियो ।

त्यसको केहिबेरमा नै इरानले अर्को गोल थप्यो । वेल्स बराबरी गोल गर्न अघि बढेको अवस्थामा काउन्टर अट्याकमा रमिन रेजानले गोल गरे । थप समयको ११ औं मिनेटमा मेहदी तारेमीले दिएको पासलाई नियन्त्रणमा लिँदै उनले संयमित फिनिस गर्दै २-० को जित सुनिश्चित गरे ।

यससँगै इरानले पहिलो खेलमा बेहोरेको हार बिर्साउँदै नकआउट चरणमा पुग्ने सम्भावना जिवित राखेको छ । इंग्ल्यान्डले १ खेलमा ३ अंक जोडेको छ र आज अमेरिकासँग खेल्नेछ । वेल्स र अमेरिकाको १-१ अंक छ ।

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.