• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » इटाली र इंग्ल्यान्ड एकै समूहमा

इटाली र इंग्ल्यान्ड एकै समूहमा

10/10/2022

युरो २०२० को विजेता इटाली र उपविजेता इंग्ल्यान्ड युरोकप २०२४ को लागि हुने छनोटमा एकै समूहमा परेका छन् ।

युरोपेली फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले निकालेको समूह विभाजन अनुसार इटाली र इंग्ल्यान्ड एकै समूहमा परेका छन् । यो समूहमा युक्रेन, नर्थ म्यासेडोनिया र माल्टा परेका छन् ।

११ जुलाई २०२१ मा भएको फाइनलमा निर्धारित समयमा १–१ गोलको बराबरीपछि टाइब्रेकरमा ३–२ ले हराएर इटालीले उपाधि जितेको थियो ।

सहभागी हुने युरोपका ५३ राष्ट्रलाई छनोटमा १० समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा स्पेन, स्कटल्यान्ड, नर्वे, जर्जिया र सइप्रस रहेका छन् । समूह ‘बी’ मा नेदरल्यान्ड्स, फ्रान्स, रिपब्लिक अफ आयरल्यान्ड, ग्रीस र जिब्राल्टार रहेका छन् ।

समुह ‘डी’ मा क्रोएसिया, वेल्स, अर्मेनिया, टर्की र लात्भिया परेका छन् । समूह ‘ईं’ मा पोल्यान्ड, चेक रिपब्लिक, अल्वानिया, फारोई आइल्यान्ड र मोल्दोभा तथा समूह ‘एफ’ मा बेल्जियम, अष्ट्रिया, अजरवैजान र इस्टोनिया परेका छन् ।

समुह ‘जी’ मा हंगेरी, सर्विया, मोन्टेनेग्रो र बुल्गेरिया तथा समूह ‘एच’ मा डेनमार्क, फिनल्यान्ड, स्लोभेनिया, काजकस्तान, नर्दन आयरल्यान्ड र सानमारिनो परेका छन् ।

समूह ‘आई’ मा स्वीट्जरल्यान्ड, इजरायल, रोमानिया, कोसोभो, बेलारुस र एन्डोरा तथा समूह ‘जे’ मा पोर्चुगल, बोस्निया एन्ड हर्ज गोभिना, आइसल्यान्ड, लक्जेमवर्ग, स्लोभाकिया र लिचेस्टाइन परेका छन् ।

आयोजकको नाताले जर्मनी युरोकप २०२४ को लागि छनोट भइसकेको छ । प्रतिबन्धका कारण रसिया छनोटमा छैन । युरोकप छनोट २३ मार्च २०२३ बाट शुरु भएको २६ मार्च २०२४ सम्म हुनेछ ।

छनोटमो समूह चरणको खेलहरु २१ नोभेम्वर २०२३ सम्म हुनेछ । त्यसपछि २१ मार्चदेखि २६ मार्च २०२४ सम्म प्ले अफ अन्तरगत सेमिफाइनल र फाइनल हुनेछन् । हरेक समुहका शीर्ष दुई टोली युरोकपमा छानिनेछन् । त्यसपछि प्ले अफबाट चार टोली छनोट हुनेछ ।

यस्तै युइएफएले सन् २०२८ देखि युरोकपमा सहभागी टिम संख्या बढाउने निर्णय गरेको छ । युरोकपमा हाल २४ टोलीले प्रतिस्पर्धा गर्दै आइरहेका छन् । युइएफएले २४ बाट सहभागी संख्या ३२ बनाउने निर्णय गरेको छ । युरोकपमा २०१६ सम्म १६ टोलीले खेल्दै आएकोमा बढाएर २४ बनाईएको थियो ।

सन् २०२४ मा जर्मनीमा हुने युरोकपमा भने २४ टोलीले नै खेल्नेछन् । युरोपमा हाल ५५ राष्ट्र छन् । युरोमा सहभागी राष्ट्र ३२ पुगेमा छनोटको ढाँचा परिवर्तन हुने युइएफएले जनाएको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

डेसच्याम्प्स नै फ्रान्सको प्रशिक्षक रहने

डेसच्याम्प्स नै फ्रान्सको प्रशिक्षक रहने

13/12/2022

  • च्याम्पियन्स लिग : बार्यन र इन्टरको जित, वर्सिलोनाको लगातार दोस्रो हार

    05/10/2022

  • वेलको गोलमा वेल्स हारबाट जोगियो

    22/11/2022

  • एमबाप्पेको कीर्तिमानी गाेलमा पिएसजीको जित

    16/04/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.