केन्याविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल ७ विकेटले विजयी भएको छ ।
घरेलुटोली केन्याले नैरोवीको जीमखान क्रिकेट मैदानमा नेपाललाई २१९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले ३ विकेट गुमाएर ४७.२ ओभरमा ३ विकेट गुमाएर २२१ रन बनाउँदै जीत पक्का गरेको थियो । जीतसँगै नेपाल एक दिवसीय क्रिकेटमा १–० ले अघि बढेको छ ।
नेपालको जीतमा ओपनर आएका शाशिफ शेखले शतकीय पारि खैल्दा अर्का ओपनर अर्जुन साउदले अर्धशतकीय पारि खेले । अर्जुन र आशिफले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गर्दै बलियो सुरुआत दिलाएका थिए । पहिलो विकेटको रुपमा ३१.१ ओभरमा नेपालले अर्जुनलाई गुमाएको थियो ।
अर्जुनले ९७ बल फेस गर्दा १ छक्का र ५ चौकाको मद्दतले ६१ रनको पारि खेले । आशिफले ज्ञानेन्द्र मल्लसँग मिलेर नेपालको पारि अघि बढाएका थिए । यसबीचमा शतक प्रहार गरेका आशिफ व्यक्तिगत ११० रनको स्कोरमा पभेलियन फर्किए । आशिफले १२० बल फेस गर्दा २ छक्का र १२ चौका प्रहार गरे । नेपालले आशिफलाई दोस्रो विकेटको रुपमा ४३.५ ओभरमा गुमाएको थियो ।
त्यसपछि ज्ञानेन्द्र र कप्तान रोहित पौडेल मिलेर नेपालको पारि अघि बढाएका थिए । ४४.५ ओभरमा नेपालले ज्ञानेन्द्रको रुपमा तेस्रो विकेट गुमाएको थियो । ज्ञानेन्द्रले ५० बलमा १ चौकाको मद्दतले १४ रनको धैर्यतापूर्वक पारि खेल्दै जीतको आधार बनाए । त्यसपछि रोहित र दीपेन्द्रसिहं ऐरी मिलेर नेपाललाई जिताए । ऐरील्े ११ बलमा १५ रन बनाउँदा १ छक्का र १ चौका प्रहार गरे भने रोहित ६ बलमा ३ रनको नटआउट पारि खेले । केन्याका भिसल पटेल, राकिप पटेल र कोलिन्स ओवियाले एक एक विकेट लिए ।
टस जितेर पहिला व्याटिङ गरेको केन्याले निर्धारित ओभरको ११ बल बाँकी हुँदा सबै विकेट गुमाएर २१८ रन बनाएको थियो । नेपालले अल आउट गर्ने क्रममा सोमपाल कामी र करन केसीले ३–३ विकेट लिँदा आदिल अन्सारी र पवन शर्राफले एक एक विकेट लिए ।
दुई विकेट भने नेपालले रनआउट गरेको थियो । केन्याका लागि रकिप पटेल ६७ रनमा आउट हुँदा कोन्लिस ओवुया ६२ रनमा रनआउट भएका थिए । यसैगरी सचिन वुदिया २६ रनमा रनआउट भएपछि केन्या ठूलो स्कोर गर्न रोकिएको थियो । इरफान करिमले ३० रन जोडे । शतक प्रहार गरेका आशिफ शेख म्यान अफ द म्याच बनेका छन् ।