• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » आर्सनललाई हराउँदै युनाइटेडको लगातार चौथो जित

आर्सनललाई हराउँदै युनाइटेडको लगातार चौथो जित

05/09/2022

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई सिजनको पहिलो हार चखाएको छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा आर्सनल ३-१ ले पराजित भयो ।

 

प्रशिक्षक एरिक टेन हागले सुरुवाती रोजाइमा स्थान दिएपछि एन्टोनीले खेलको ३५ औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाए । उनले मार्कस रासफर्डको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिस गरे । राइट विंगमा निकै छरितो देखिएका एन्टोनीले उच्च प्रदर्शन गरिरहेका छन् । उनी डेब्युमा गोल गर्ने युनाइटेडका २१ औं खेलाडी हुन् ।

त्यसअघि आर्सनलले खेलमा अग्रता लिएपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै उक्त गोललाई मान्यता दिएनन् । ग्याब्रिएल मार्टिनेल्लीले आर्सनललाई अग्रता दिलाएपनि उक्त मुभ सिर्जना हुँदा कप्तान मार्टिन ओडेगार्डले क्रिस्टियन एरिक्सनलाई फल गरेको भीएआरले देखाएको थियो ।

दोस्रो हाफको ६० औं मिनेटमा आर्सनलले बराबरी गोल फर्कायो । युनाइटेडको डिफेन्समा कमजोरीको फाइदा उठाउँदै बुकायो साकाले गोल गरे । तर ६ मिनेटपछि नै युनाइटेडले पुन: अग्रता लियो । ब्रुनो फर्नान्डेसको उत्कृष्ट पासमा रासफर्डले अफसाइड ट्रयाप बिट गर्दै गोल गरे ।

७५ औं मिनेटमा रासफर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । क्रिस्टियन एरिक्सनले वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई उनले सहजै गोल गरे ।

यस जितसँगै युनाइटेडको ६ खेलमा १२ अंक भएको छ । सुरुवाती दुई खेल हारेको युनाइटेडले त्यसयता सबै खेलमा जित हासिल गरेको छ । आर्सनल भने पहिलो हारका बाबजुद अंक तालिकाको शीर्ष स्थानमा रहयो । आर्सनलले ६ खेलमा १५ अंक जोडेको छ । म्यानचेस्टर सिटी र टोटेनहमको समान १४-१४ तथा ब्राइटनको १३ अंक छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

मानेले विश्वकप गुमाउने पक्का

मानेले विश्वकप गुमाउने पक्का

18/11/2022

  • बर्नमाउथको पोस्टमा लिभरपुलको ९ गोल

    28/08/2022

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

  • बार्सिलोना र म्यानचेस्टर सिटीको रोमाञ्चक बराबरी

    25/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.