• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » आधा दर्जन गोलसँगै नेपाल फाइनलमा

आधा दर्जन गोलसँगै नेपाल फाइनलमा

13/09/2022

नेपाली राष्ट्रिय यू-१७ फुटबल टोलीले साफ यू-१७ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ । घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

खेलको सुरुवाती मिनेटदेखि नै नेपालले घरेलु टोली श्रीलंकालाई दबाबमा राखेको थियो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थप्यो । अब नेपालले फाइनलमा भारतको सामना गर्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

भारतले सोमबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई २-१ ले पराजित गरेको थियो । नेपाल समूह चरणमा भुटानलाई २-१ र भारतलाई ३-१ ले पराजित गर्दै अन्तिम चारमा पुगेको थियो ।

कप्तान प्रशान्त लक्षमले नेपाललाई २१ अ‍ौं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । सुवास बमलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । नेपालले २३ अ‍ौं मिनेटमा अग्रता दोब्बर पार्यो । हरिष राज भट्टले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे ।

३० अ‍ौं मिनेटमा सुबासले नेपाललाई ३-० ले अघि बढाए ‌‌। उनले पेनाल्टी क्षेत्रभित्र पहिलो टचमा बल सेट गर्दै तीन डिफेन्डरको अघिबाट फिनिस गरे । पहिलो हाफको ३७ अ‍ौं मिनेटमा निरज कार्कीले नेपाललाई ४-० ले अघि बढाए । उनले डिफेन्स लाइन र गोलरक्षक बिट भएपछि दबाबमा रहँदा पेनाल्टी क्षेत्रको दायाँ भागबाट गोल गरे ।

दोस्रो हाफको ५१ औं मिनेटमा उनेश बुढाथोकीले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाए । इन्ज्युरी समयमा सिजल राईले गोल गर्दै नेपालको आधा दर्जन गोल पूरा गरे । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको सशक्त प्रहार गोलरक्षकले बचाउने कुनै अवसर पाएनन् ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

युभेन्ट्सको हार, रोमा विजयी

युभेन्ट्सको हार, रोमा विजयी

17/04/2023

  • उरुग्वे र दक्षिण कोरियाको बराबरी

    25/11/2022

  • नरेश क्यानडा क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

    17/09/2022

  • जर्मनी जितका बाबजुद समूह चरणबाट बाहिरियो

    02/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.