• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » अर्थपूर्ण डर्बी रोमाञ्चको साता

अर्थपूर्ण डर्बी रोमाञ्चको साता

14/01/2023

आर्सनलले टोटेनहम र म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडको सामना गर्दै

लन्डन — अहिले तत्काल इंग्लिस प्रिमियर लिगको उपाधि दोहोरो देखिन्छ, आर्सनल र म्यानचेस्टर सिटीबीच । यो साता हुने डर्बी खेलमा जित हात पारे, लिग उपाधिको होड साँच्चै यिनै दुई टिममा केन्द्रित हुनेछ । तर यस्तो हुनेछ भनेर ठ्याक्कै विश्वास गर्ने आधार पनि छैन ।

हुन सक्छ, आइतबार रातिसम्ममा धेरै सम्भावना बन्नेछन् र त्यस अर्थमा दुईभन्दा बढी टिम उपाधि होडमा सामेल हुन सक्नेछन् । लिगले आफ्नो दोस्रो आधा भाग छुँदा पाँच टिमले उपाधिमा चुनौती पेस गर्न सक्नेछन् ।

सबैभन्दा पहिले रहेको छ, शनिबारको म्यानचेस्टर डर्बी । जति जति सिजन अगाडि बढ्दै छ, सिटीमा धेरै समस्या देखिन थालेका छन् । यसले त्यस्तो म्यानचेस्टर युनाइटेडको सामना गर्दै छ, जसले पछिल्ला चार वर्षयता सबैभन्दा राम्रो नतिजा निकालिरहेको छ । युनाइटेडलले सबै खाले प्रतियोगितामा गरेर पछिल्ला आठ खेलमा लगातार जित निकालेको छ । अझ ओल्ड ट्रायफोर्डमा नौ खेल लगातार जितेको छ । फेरि टिमलाई क्रिस्टियानो रोनाल्डोको तनाव पनि छैन ।

नत्र टिममा रोनाल्डो हुँदा बेग्लै कचमचको स्थिति हुने गर्थ्यो । अहिले एरिक टेन हागको युनाइटेडमा आत्मविश्वास फर्केको छ । अक्टोबरमा सिटीविरुद्धको खेल लाजमर्दो तरिकाले ६–३ ले गुमाएको युनाइटेड अब त्यस्तो पक्कै रहेन । यस सप्ताहन्तका खेल उत्तरी लन्डन डर्बीसँगै आइतबार सकिनेछ, जति बेला सिटीभन्दा पाँच अंकले शीर्षस्थानमा रहेको आर्सनल पाँचौं स्थानमा रहेको टोटेनहमको यात्रामा निस्कनेछ । फेरि टोटेनहमका ह्यारी केन लयमा छन् ।

उनको नजर एक अर्को कीर्तिमानमा छ । कतार विश्वकपबाट फर्केयता केनले चार खेलमा चार गोल गरिसकेका छन् । उनलाई जम्माजम्मी एकै गोलको मात्र आवश्यकता छ, टोटेनहमका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गर्न । जिम्मी ग्रेभ्सले २ सय ६६ गोल गरेका छन् र केन उनको नजिकै छन् । यो उत्तरी लन्डन डर्बीमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि उनकै नाममा छ र यो हो, १४ गोल । अझभन्दा केनले जत्तिको गोल आर्सनलविरुद्ध कसैले गरेका छैनन् ।

यो भनेको सन् १९९२ देखि सुरु भएको प्रिमियर लिगमा हो । यदि आर्सनल र सिटी विजयी रहे, युनाइटेड र टोटेनहम लिग उपाधिबाट अझ टाढिनेछन् । यस्तोमा तेस्रो स्थानमा रहेको न्युकासल युनाइटेडसामु मात्र केही सम्भावना बाँकी हुन्छ । न्युकासल आफैंले आइतबार फुलहमको आतिथ्य गर्दै छ । साँच्चै शीर्षका दुई टिम पराजित रहेमा माथिका पाँच टिमको अन्तर आठ अंकमा झर्नेछ । अहिले तत्कालको लयलाई आधार मान्ने हो भने सबैभन्दा बढी चिन्ता सिटीलाई रहेको हुनुपर्छ ।

गत साता लगातार दुई खेलमा चेल्सीलाई हराएयता सिटी फेरि उत्साहित रहेको हुनुपर्छ । सिटी चेल्सीविरुद्ध लिग र एफए कपमा विजयी रहेको थियो । तर लिगकपमा साउथह्याम्पटनविरुद्धको खेल गुमाएपछि सिटी स्तब्धको हालतमा छ । यसले सिटीको चार उपाधि जित्ने सम्भावना मात्र समाप्त पारेको छैन, पेप ग्वार्डिओलाको टिममा केही न केही समस्या रहेको प्रस्ट पारेको छ । लिगका पछिल्ला चार खेलमध्ये दुईमा सिटीले सबै अंक बटुल्न असफल रहेको छ ।

पछिल्ला लिगमा सिटीले जसरी लिगमा एकछत्र राज गर्ने गर्थ्यो, त्यो यसपल्ट देखिएको छैन । सबैभन्दा बढी चिन्ता त साउथह्याम्पटनविरुद्धको खेलमा देखियो, जति बेला सिटीको एक पनि प्रहार पोस्ट केन्द्रित रहेन, भलै दोस्रो हाफमा केभिन डे ब्रुएना र इर्लिङ हाल्यान्ड पनि मैदानमा छिरे । अर्कोतर्फ युनाइटेड वास्तवमै लयमा छ र टेन हगले २७ खेलबाट सबैभन्दा चाँडै २० जित निकालेका छन् । कप र लिगमा अबका युनाइटेडका प्रतिद्वन्द्वी पनि धेरै हदसम्म सहज नै छन् ।

सिटीको टिममा अझै पनि धेरै मजबुतता देखिन्छ, तर चौथो स्थानमा रहेको युनाइटेडले आर्सनल, लिभरपुल र टोटेनहमलाई यस सिजन घरमा हराइसकेको छ । यता आर्सनलले भने लिगमा १७ खेल टुंगिँदासम्म पाँचौं राम्रो सुरुआत पाएको छ । कप्तान तथा प्लेमेकर मार्टिन ओडेगार्ड पनि आफ्नो खेल जीवनकै सबैभन्दा राम्रो लयमा छन् । हुन सक्छ, यसपल्ट उत्कृष्ट खेलाडीको प्रतिस्पर्धा यिनै दुई नर्वेली खेलाडीबीच हुनेछ, ओडेगार्ड र हालान्ड ।

टोटेनहमले उत्तरी लन्डन डर्बीका पछिल्ला तीन खेल घरमा जितेको छ, तर जनवरीको पहिलो दिन भएको खेलमा भने टिम एस्टन भिल्लासँग नमिठो ढंगले पराजित रहेको थियो । आर्सनल यसपल्ट पराजित रहेमा यसको थप अर्थ पनि हुनेछ, किनभने अर्को साता घरमा उसले स्वागत गर्ने भनेको युनाइटेडलाई हो । यस्तोमा

अहिले लिग रोमाञ्चक मोडमा पुगेको छ र त्यसमध्ये पनि यो सप्ताहन्त हुने खेलले पूरा प्रतियोगितामै धेरै अर्थ लाग्न सक्नेछ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

एशियाकप क्रिकेट शनिबारदेखि आयोजक श्रीलंका भेन्यू युएई

एशियाकप क्रिकेट शनिबारदेखि आयोजक श्रीलंका भेन्यू युएई

27/08/2022

  • रियल म्याड्रिड बराबरीमा रोकियो

    31/10/2022

  • नुनेज चम्कँदा लिभरपुलको जित

    13/11/2022

  • Congratulation to the winners !!!

    18/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.