• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » अन्तर्राष्ट्रिय फुटबलबाट बेन्जेमाको सन्यास

अन्तर्राष्ट्रिय फुटबलबाट बेन्जेमाको सन्यास

20/12/2022

फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमाले फिफा विश्वकप कतार २०२२ मा आफ्नो टोली अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले नाटकीय रुपमा पराजित भएको एक दिनपछि सन्यासको घोषणा गरेका हुन् ।

बेन्जेमाले आफ्नो ३५औं जन्मदिनकै अवसरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमा फिफा विश्वकपमा फ्रान्सको टोलीमा रहेपनि तिघ्रामा बोकेका चोटका कारण विश्वकप अघि नै टोलीबाट बाहिरिदै विश्वकप गुमाउन पुगेका थिए ।

ब्ल्याकमेलिङ काण्डमा फसेपछि उनी २०१६ देखि २०२१ सम्म अर्थात झन्डै ५ वर्ष प्रतिबन्धित भएको थियो । बेन्जेमा फ्रान्सका लागि ९७ क्याप जित्दा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सको सर्वकालीन गोलकर्ताको सूचीमा पाँचौं स्थानमा रहेका छन् ।

‘मैले प्रयास र गल्तीहरू गरे जुन आज म यो स्थानमा छु र मलाई गर्व छ ।’ बेन्जेमाले ट्वीट गरे, ‘मैले मेरो कथा लेखेको छु र हाम्रो अन्त्य हुँदैछ ।’ बेन्जेमाले सन् २००६ मा फ्रान्सको टोलीमा स्थान बनाएका थिए । उनी युरो २००८ र २०१० को विश्वकप टोलीमा थिए । तर, फ्रान्स समूह चरणबाट बाहिरिएको थियो ।

स्पेनिस क्लब रियल म्याड्रिडका स्टार २०१० को विश्वकपबाट विवादास्पद रूपमा बाहिरिए तर चाँडै नै नयाँ प्रबन्धक लरेन्ट ब्लान्को नेतृत्वमा टोलीमा पूनरागमन गरेका थिए । फ्रान्स यूरो २०१२ र २०१४ को विवकपमा क्वाटरफाइनलबाट बाहिरिदा पनि उनी टोलीका सदस्य थिए ।

सन् २०१५ मा, बेन्जेमालाई फ्रान्सका टोली साथी म्याथ्यु भाल्बुएनालाई मोबाइल फोनमा सेक्स टेपको कथित रेकर्डिङमा ब्ल्याकमेल गरेको आरोपमा पक्राउ गरिएको थियो । युरो २०१६ मा उनलाई छनोट नगरेपछि उनले फ्रान्सेली फुटबल महासंघ र प्रशिक्षक डिडियर डेसच्याम्प्समाथि प्रहार गरेका थिए । जहाँ फ्रान्स फाइनलमा अतिरिक्त समयमा पोर्चुगलसँग १–० पराजित भएको थियो ।

बेन्जेमा पाँच वर्षपछि गत वर्षको युरो २०२० मा फर्किएका थिए, जहाँ उनले फ्रान्सलाई पेनाल्टीमा स्विट्जरल्याण्डबाट आउट गर्नुअघि ४ खेलमा ४ गोल गरेका थिए । त्यसपछि, उनले फ्रान्ससँग नेसन्स लिग जिते र उनीहरूलाई २०२२ को विश्वकपका लागि सजिलैसँग क्वालिफाई गर्न मद्दत गरे ।

३५ वर्षिय बेन्जेमाले नेसन्स लिगको दोस्रो लेगमा डेनमार्कविरुद्ध गत जुनमा खेलेको खेल नै अन्तिम बनेको छ । त्यसपछि उनी फ्रान्सको विश्वकप टोलीमा समावेश भएपनि चोटबाट खेल्नै नपाई बाहिरिएका थिए ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

साबा महिला बास्केटबलमा नेपाल फेरि दोस्रो

साबा महिला बास्केटबलमा नेपाल फेरि दोस्रो

29/09/2022

  • च्याम्पियन्स लिग : नापोली र लिभरपुलको जित

    05/10/2022

  • सानदार जित निकाल्दै आर्सनल शीर्षस्थानमा

    31/10/2022

  • विश्वकै उत्कृष्ट उसु खेलाडीमा ३ नेपाली मनोनित

    02/02/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.